एमाले विभाजनको बुधबारे ‘मुहुर्त’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालसहितका नेताहरू चन्द्रागिरीमा घोषणापत्र, विधान, राजनीतिक दस्तावजेलाई अन्तिम टुंगो लगाइरहँदा ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको थियो।

च्यासलको त्यो बैठकमा कुनै बेला माधवहरूसँग काँधमा काँध मिलाएर हिँड्ने भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,घनश्याम भुसाल, गोकर्ण विष्टहरू सहभागी थिए। र, नेकपा एमालेलाई एकतावद्ध बनाएर अगाडि बढ्ने विषयमा छलफल गरिरहेका थिए।

बैठकपछि नेता नेपालका पुराना ‘सहयात्री’ लामबद्ध भएर ओलीसँग फोटो सेसन गरेर एमाले २०७५ जेठ २ कै अवस्थामा फर्किएको घोषणा गरे।
तर, नेपाल पक्ष भने एमाले अझै जेठ २ मा नफर्किएको र एकताको नाममा धोका दिने काममात्र भइरहेको दाबी गरेका छन्।

तत्कालीन माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझीहरू स्थायी कमिटी बैठकमा सहभागी भएपछि उनीहरूले यस्तो तर्क गरेका हुन्।

‘स्थायी कमिटी सदस्य नै नरहेका नेताहरू पनि बैठकमा सहभागी हुनुभएको छ,’ नेपालनिकट एक नेताले भने,‘२०७५ जेठ २ सम्म स्थायी कमिटी सदस्य नै रहेकाहरू पनि बैठकमा सहभागी भएपछि कसरी त्यहाँ पुग्यो? यो सब छलछाममात्रै हो।’

आफूहरू अब अगाडि बढिसकेको र बुधबार निर्वाचन आयोगमा सनाखतपछि नयाँ पार्टी जन्मिने निश्चित रहेको उनले बताए।

माधवकुमार नेपालले प्रस्ताव गरेको नेकपा (एकीकृत समाजवादी) को सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ।

बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्न आयोगले समय दिएको हो।

आयोगले सनाखतका लागि दिएको समयअघि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल चन्द्रागिरीको रिसोर्टमा सोमबारदेखि आफूनिकट संघीय संसाद र केन्द्रीय सदस्यहरूसँग बसेर पार्टी विधान, घोषणा पत्र र राजनीतिक प्रस्तावमाथि छलफलमा जुटेका छन्।

घोषणापत्र, अन्तरिम विधान, अन्तरिम नियमावली र कन्युनिस्ट आन्दोलनको पुनर्संरचनासम्बन्धी दस्तावेजलाई छलफल गरेर मंगलबार अबेर रातिसम्म अन्तिम रूप दिइने नेपाल पक्षीय केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए।

के छ घोषणापत्र र राजनीतिक दस्तावेजमा?
निर्वाचन आयोगमा सनाखतका लागि उपस्थित हुनुअघि नेकपा (एकीकृत समाजवादी) ले १० बुँदे घोषणापत्र जारी गरेको छ। महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओली पार्टी नीतिविपरीत हिँडेको घोषणापत्रमा आरोप लगाइएको छ।

‘मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टीको नीति पारित गरेको ९ औं महाधिवेशनको निर्णय नै बोक्ने व्यक्तिलाई पार्टी प्रमुखमा चयन गरियो’ घोषणापत्रमा भनिएको छ।

‘अध्यक्षमा छानिएका केपी शर्मा ओली महाविधेशनप्रति इमानदार नै रहेनन्। उनले महाधिवेशनका निर्णय पालना नगरी आफूखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएको,’ घोषणापत्रमा उल्लेख छ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता गगरी निर्माण भएको नेकपाको अध्यक्षको रूपमा रहँदा पनि ओली पार्टीका नीति र विधिअनुसार नचलेको घोषणापत्रमा आरोप लगाइएको छ।

ओली नीतिअनुसार चल्न नसकेपछि मतभेद र विवाद उत्पन्न हुँदै गएको नेकपा (एकीकृत समाजवादी) ले ठहर गरेको छ।

विक्रम सम्वत २००६ मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारीको रूपमा अगाडि बढ्दै नेकपा (एकीकृत समाजवादी) लोकतान्त्रिक मूल्य मान्यतासहित वैज्ञानिक समाजवाद स्थापना, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गरेर संविधानले परिकल्पना गरेको समाजवादको आधार तय गर्ने घोषणापत्रमा भनिएको छ।

सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गरी पार्टीलाई समावेशी बनाउँदै पार्टीको हरेक हिस्सामा ४० वर्षमूनिका व्यक्ति राखिने उसले जनाएको छ। साथै एमालेका दिवंगत नेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको मूल मान्यता र थप विकास गर्दै अघि बढ्ने प्रतिवद्धता घोषणापत्रमा गरिएको छ।

घोषणापत्रका साथै बैठकमा पेश भएको राजनीतिक दस्तावेजमा पनि ओलीमाथि गम्भीर आरोपहरू लगाइएका छन्।

दस्तावेजमा ‘एमाले अध्यक्ष ओलीलाई सुधार्न पनि नसकिने र उनको नेतृत्वमा कम्युनिस्ट आन्दोलन धारासायी हुने देखेपछि आफूहरू अलग भएको’ उल्लेख छ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आफूनिकट तत्कालीन महासचिव विष्णु पौडेललाई ओलीले संरक्षण गरेको तर माधवकुमार नेपालविरुद्ध मुद्दा लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई बोलाएर दबाब दिइएको दस्ताबेजमा भनिएको छ।

भारतीय गुप्तचर निकायका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री हुँदा मध्यरातमा गरेको भेटवार्ता र मदन भण्डारी फाउन्डेनसनमा भारतीय दूतावासको आर्थिक सहयोग सन्देहपूर्ण रहेको भन्दै ओलीको भारतसँग पहिलेदेखि नै ‘विशेष सम्बन्ध’ रहेको नेकपा (एकीकृत समाजवादी) ले आरोप लगाएको छ।

२० प्रतिशत पुग्न नदिने ओलीको प्रयास
सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई पदमुक्त नगरेपछि दल विभाजनका लागि हुने सनाखतमा उनीहरूलाई मान्यता नदिन एमालेले निर्वाचन आयोगसँग माग गरेको छ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली मंगलबार निर्वाचन आयोग १४ जनालाई भदौ १ गते नै निष्कासन गरिएको विवरण आयोगमा बुझाइसकिएको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन माग गरेको हो।

एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो। तर, उनीहरूलाई पदमुक्त भइसकेको सूचना सभामुख सापकोटाले प्रकाशन गरेका छैनन्।

१४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन्।

१४ जनामाथि गरिएको कारबाहीलाई नेपालनिकट नेताहरूले सनाखतका क्रममा २० प्रतिशत पुग्न नदिने षडयन्त्रको रूपमा लिएका छन्।

‘उहाँहरूले निर्वाचन आयोगमा हामीलाई २० प्रतिशत पुग्न नदिन हरसम्भव प्रयास गरिरहनु भएको छ,’ नेपालनिकट ती नेताले भने,‘हाम्रा ९ जना साथीहरू षडयन्त्रमा फसिसक्नु भयो। तर, त्यसले केही परक पर्दैन। केन्द्रीय समिति र संसदीय दल दुवै ठाउँमा हामी २० प्रतिशतभन्दा बढी हुन्छौं।’

एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ६० जना केन्द्रीय सदस्य र संघीय संसदको ३१ जना सांसद सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित हुने उनको दाबी छ।

भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा नेपालले २०३ मध्ये ५८ सहित ९५ सदस्यी केन्द्रीय कमिटी प्रस्ताव गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ