कांग्रेसका सांसदले कुर्सी फोडेपछि प्रदेशसभा बैठक स्थगित


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


प्रदेश ५ को प्रदेशसभा बैठक होहल्ला र नाराबाजीकैबीच स्थगित भएको छ।

प्रतिपक्ष दलको अबरोधका कारण ११ बजे सुरु भएको प्रदेशसभा बैठक नेपाली कांग्रेस ससदीय दलका नेता विरेन्द्र कनौडियाले बोले लगत्तै कांग्रेसका सांसदले नाराबाजी गरेपछि आधा घन्टाका लागि बैठक स्थगित गरिएको थियो।

दुई बजेसम्मका लागि स्थगित गरिएको बैठक तीन बजे सुरु हुनासाथ कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए। 

नाराबाजीका बीच सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीलाई प्रदेशको नाम र राजधानीको बिषय छलफलका लागि बैठकमा पेस गर्न अनुमती दिए लगत्तै कांग्रेसका सांसदहरूले कुर्सी, टेलब र माइक तोडफोड गरेका थिए।

मन्त्रीले प्रस्ताव पेश गरेसँगै सभामुखले नेकपाका सांसद भोजप्रसाद श्रेष्ठलाई समय दिए। होहल्ला बढ्दै गएपछि उनले सभामुख सामु बोल्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए। 

त्यसपश्चात उनले प्रदेश सभामा बैठक प्रक्रिया गलत भएको र संसदमा गरिएको प्रस्ताब गलत, अवैज्ञानिक र जनताको भावना विपरित भएको दाबी गरेका थिए। उनी बोलिरहँदा समय पुगेको भन्दै सभामुखले माइकको लाइन काटिदिएपछि उनले समय थप माग्दै उठेर हात उठाएर संसद अबधिभर बिरोध जनाए।

त्यस प्रश्चात नेकपाका अर्का सांसद विष्णु पन्थीले कपिलवस्तुमा राजधानीका लागि माग गरे। समाजवादी पार्टीका सहर्षराम यादवले पनि कपिलवस्तु राजधानी हुनुपर्ने माग गरे।

नेकपाका सांसद हरि रिजाल र दिपेन्द्र पुनले सभामा पेश भएको प्रस्तावले प्रदेश ५ का जनताको भावनालाई प्रतिनिधित्व गरेको हुँदा राजधानी दाङको भालुबाङमा राख्ने प्रस्ताव ठिक भएको बताए।

जनमोर्चाकी तारा जिसी, समाजवादी सांसद विजयबहादुर यादवलगायतले बोलेका थिए।

नेकपाका तुलसी चौधरी, डा. कुष्ण न्यौपाने, नारायण आचार्यलगायतका सांसदहरूले बोल्नका समयको माग गर्दै उठेर विरोध जनाएका थिए। विरोधकै बीच सभामुख घर्तीले बैठक सकिएको घोषणा गरे।

प्रदेश ५ को अर्को बैठक मंगलबार १२ बजेका लागि तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न