सलाम एयरबाट राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसिी) को आयोजनामा ओमानमा सुरु हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टिम मंगलबार सलाम एयरमार्फत ओमान प्रस्थान गरेको छ।

१७ खेलाडी तथा पाँच खेल पदाधिकारीसहित २२ जनाको टिमलाई सलाम एयरको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) आइएमई ट्राभलका सञ्चालक तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल बिदाइ गरे।

आइसिसी सिडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच ट्राइ–सिरिजका लागि नेपाली टिमका खेलाडी सलाम एयरमार्फत ओमान गएका हुन्।

बिदाइ कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेलमध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयी सुरुवात हुने विश्वास व्यक्त गरे।

राष्ट्रिय क्रिकेट टिमका प्रबन्धक विनोद दासले नेपालको एक उदियमान व्यापारिक समूह आइएमई ग्रुप र अन्तर्राष्ट्रिय उडानमा ख्याती कमाउँदै आएको सलाम एयरको सहयोगले आफू र आफ्नो टिमलाई हौसला प्रदान गरेको बताए।

आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको र भविष्यमा सहकार्य जारी रहने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप