गृहमन्त्री खाँण र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– भारतका सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विजय चौथाइवालेले गृहमन्त्री बालकृण खाँणसँग भेटवार्ता गरेका छन्।
तीन दिनदेखि नेपाल भ्रमणमा रहेका चौथाइवालेले मंगलबार गृहमन्त्री खाँणलाई भेटेका हुन्।

दुई नेताबीचको भेटमा नेपाल–भारतबीचको सम्बन्ध बलियो बनाउने विषयमा कुराकानी भएको स्रोतले बताएको छ। गृहमन्त्री खाँण र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच दुई पार्टीबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमासमेत छलफल भएको छ।
यसैगरी चौथाइवालले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग पनि भेटवार्ता गरेका छन्। दुवै नेताबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भएको हो।

उनीहरूबीच दुई देशको सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ। आइतबार काठमाडौं आइपुगेका चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त देखिएका छन्।

काठमाडौं आएकै दिन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए।

त्यसपछि सोमबार चौथाइवालेले नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँग भेटेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६