नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन, भारतीय तीर्थालु हुम्लामा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


हुम्ला–झण्डै एक वर्षसम्म विदेशी पर्यटक आगमन नभएको हुम्लामा केही दिनदेखि पर्यटक पुग्न थालेका छन्। मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थालु हुम्ला पुग्न थालेका हुन्। कोरोना सङ्क्रमणले चीनसँगको हिल्सा नाकाको रुट खुल्ला नभए पनि जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न मिल्ने भएकाले भारतीय तीर्थालु आउन थालेका हुन्।

भारतीय तीर्थयात्री हुम्लाबाटै मानसरोवर दर्शनका लागि काठमाडौंबाट हवाईजहाजमार्फत जिल्ला पुग्न थालेपछि पर्यटन व्यवसायीले कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर तयारी थालेका छन्। नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन र पूजापाठ गर्न सकिने भएपछि भारतीय तीर्थयात्रीका लागि नेपाली खाना पकाउने र पथप्रदर्शकको टोली जिल्लामा पुगेका छन्।

भारतीय पर्यटक नेपालगञ्ज हुँदै हुम्ला आउन सुरु भएको छ। आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा आउन थालेपछि हुम्लाका होटेल व्यवसायीमा खुसीयाली छाएको छ। हालसम्म ४३ जना व्यवसायी सिमकोट पुगिसकेको र अझै १२ जना आउने तयारीमा रहेका छन्। पहिलो चरणमा कुक, पथप्रदर्शक र सामग्री सिमकोट आइपुगेका छन्। आइतबारदेखि भारतीय सद्गुरु जग्गी वासुदेवसहित ५० जनाको भारतीय टोली हुम्ला आउने भएको छ।

केही दिनमा जिल्ला पुग्ने भारतीय सद्गुरुको टोली नेपालगञ्जबाट सिमकोट पुगेपछि पैदल मार्ग हुँदै लाप्चा पुगेर मानसरोवरको दर्शन गर्नुका साथै लिमी लाप्चाबाट पूजापाठ गर्ने योजना रहेको सोही टोलीका र्दोर्ज शेर्पाले बताए। सद्गुरुको टोलीमा ५० भारतीय तीर्थालु र अन्य नेपाली गरी करिब १५० जना रहेको शेर्पाले बताए। सामान लिमी लाप्चा पु¥याउनका लागि १२ वटा बोलेरो बुकिङ गरेको उनले बताए।

अन्य तीर्थालु सबै पैदल हिँडेर लाप्चा जाने भएको शेर्पाले जानकारी दिए। अहिले सद्गुरु बस्नका लागि सदरमुकामको खेलमैदानमा ५०÷६० वटा पालको व्यवस्था गरिएको छ। यसअघि भारतीय तीर्थयात्रीको एक टोली हुम्ला पुगेर नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर दर्शन गरेर फिर्ता भएको छ।

सङ्क्रमण बढ्न सक्ने भन्दै हुम्लीमा असन्तुष्टि

ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक हवाईमार्गबाट हुम्ला पुग्न थालेपछि यहाँका स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । जिल्लामा अझै सङ्क्रमणको दर घटिनसकेका कारण ठूलो सङ्ख्यामा विदेशी आउँदा उनीहरूको कोरोना परीक्षण नगरेको भए थप सङ्क्रमण बढ्न सक्ने सिमकोट–६ निवासी दशरथ रावतले बताए। उनले भने, ‘विदेशी पर्यटक आउनु राम्रो कुरा हो, हाम्रो आयस्रोतसमेत बढ्छ तर यस्तो महामारीको समयमा हुल बाँधेर जिल्ला पुग्नु राम्रो कुरा होइन । भारतमै पनि सङ्क्रमणको अवस्था भयावह छ, उनीहरु जिल्ला पुग्दा थप जटिल समस्या निम्तिन सक्छ।’ रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु