अफगानिस्तानको पञ्जशीरका किशोर बन्दुक लिएर सडकमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–अफगानिस्तानको पन्जसिर प्रान्तमा तालिबानविरुद्ध युद्ध गर्न किशोरहरु पनि बन्दुक लिएर सडकमा निस्किएका छन्।

तालिबानविरोधी लडाकूहरुलाई हराउन तालिबान लडाकूहरु पन्जशिरतर्फ प्रस्थान गरेको समाचार सार्वजनिक हुनेबित्तिकै त्यहाँका किशोरहरु पनि बन्दुक लिएर निस्किएका तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।

उता, तालिबानले पन्जसिर उपत्यका घेरेको दाबी गरेको छ भने विरोधी समूहले उनीहरुलाई आफ्नो क्षेत्रबाट टाढै रहन चेतावनी दिएको छ।

यस्तै, अफगानिस्तानको पूर्वसरकारसमर्थित सेना र तालिबानबीच वार्ता जारी रहेको समाचार पनि सार्वजनिक भएका छन्।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पन्जसिर उपत्यकालाई तीनैतिरबाट घेरिएको भन्दै आफूहरुले शान्तिपूर्ण तरिकाले समस्याको समाधान निकाल्न चाहेको बताएका छन्। पन्जसिरविरुद्धको लडाइँमा तालिबानी कमान्डर फसीहुद्दीनले नेतृत्व गरिरहेका छन्।

मूल तस्बिर-एएफपीकाे ट्वीटर


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु