मोटरसाइकलमा लागुऔषध राखेर पत्रकार फसाउने दुई प्रहरी निलम्बित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जनकपुरधाम– लागुऔषध ‘प्लटिङ’ गरेर रौतहटका एक पत्रकारलाई फसाउने दुई प्रहरी निलम्बित भएका छन्।
रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका पत्रकार मोहम्मद मोजिबुल्लाह र शेख गुलाबलाई फसाउने सादा पोशाकमा खटिने (घुमुवा) प्रहरी निलम्बनमा परेका हुन्।

पत्रकार मोजिबुल्लाह र गुलाबलाई लागुऔषध राखेर फसाएको पुष्टि भएपछि प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन्।

लागुऔषध नाइट्रोभेट १०५ ट्याबलेट राखेको आरोपमा प्रहरीले मोजिबुल्लाह र गुलाबलाई पक्राउ गरेको थियो। पत्रकार महासंघ रौतहट शाखाका सह–सचिव सञ्जय सहनीले स्थानीय धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्ला चढ्ने मोटरसाइकलमा लागुऔषध राख्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाको सत्यतथ्य बाहिरिएपछि सह–सचिव सहनी फरार भएका छन्।

मोटरसाइकलमा लागुऔषध राखेपछि सहनीले असइ यादव र जवान साहलाई बोलाएर पक्राउ गर्न लगाएको सिसिटिभीको फुटेजमा देखिएको छ। मोजिबुल्लाहको मोटरसाइलमा लागुऔषध राख्न प्रयोग भएका धिरज र जितेशलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवैजनाविरूद्ध प्रहरीले आपराधिक षडयन्त्रसम्बन्धी कसुर मुद्दा दर्ता गरेर अनुसन्धान सुरू गरेको छ।

साउन ३२ गते साँझ ८ बजे गौर–९ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका इशनाथ नगरपालिका–८ बस्ने मोजिबुल्लाह र राजपुर नगरपालिका–७ का गुलाबलाई पक्राउ गरेको थियो।

मोजिबुल्लाहले पार्किङ गरेर राखेको बिआर–३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा १०५ ट्याबलेट नाइट्रोभेट फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

पत्रकारद्वयलाई व्यक्तिगत रिसिइभीका कारण फसाइएको भन्दै पत्रकार महासंघ रौतहट शाखाले बताएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो