पौडेलको चेतावनी : हाम्रा माग नसुने सभापतिजीको दुर्भाग्य हुनेछ


विचार
आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले

आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम


कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १६ बुँदे माग पूरा गर्न सभापति देउवालाई दिएको एक साताको म्याद आइतबार सकिएको छ। 

असोज १२ गते सभापति देउवालाई देउवा पक्षले त्यो मागपत्र बुझाएका थिए।

त्यसमा तोकिएको मितिमा महाअधिवेशन हुनुपर्ने, बाँकी रहेका जिल्लामा समायोजनको काम सक्नुपर्ने मागहरु थिए। तर, यो सात दिनमा केही पनि भएन। 

आफूखुसी क्रियाशील सदस्यता वितरण कार्य रोक्नुपर्ने, एकलौटी रुपमा गठन गरिएका विभाग तथा पुराना विभागमा भएका केही नयाँ नियुक्ति सच्याउनुपर्ने लगायतका माग पनि त्यो पत्रमा थिए। 

पौडेल समूहले उठाएका मागबारे छलफल गर्न सभापति देउवाले शनिबार पदाधिकारी बैठक गरेर छलफल गरेका थिए। थप छलफलका लागि आइतबार बोलाइएको बैठक पाँचजना केन्द्रीय सदस्य कोरोना पोजिटिभ भएपछि स्थगित भएको छ।

वरिष्ठ नेता पौडेलले आफूहरूले उठाएको मागबारे शनिबार पदाधिकारी बैठकमा छलफलमा भएपनि सभापति देउवा ढुलमुले नीति बोकेर अघि बढेको आरोप लगाएका छन्। 

‘शनिबार दुई सिफ्टमा छलफल भएको छ, हामीले प्रस्तुत गरेका जायज मागहरु सम्बोधन गर्न जोडतोडले कुरा उठेको छ,’ आयोमेलसँग कुरा गर्दै पौडेलले भने, ‘तर, सभापतिजी स्पष्ट देखिनु भएन। पदाधिकारी बैठक स्थगित भएपनि हामीले उठाएका माग यथावत छन्।’

पछिल्लो पटक सभापति देउवाले एक हजारभन्दा बढी नेता, कार्याकर्तालाई विभिन्न विभागमा मनोनयन गर्दा एकल निर्णय गरेको पौडेल पक्षको आरोप छ। 

देउवाले गठन गरेका विभागहरू विधानविपरीत भएकाले खारेज हुनुपर्ने माग पौडेल पक्षको छ। 

त्यस्तै क्रियाशील सदस्यता वितरणमा पनि मनोमानी भइरहेको पौडेल पक्ष दाबी गर्दै आइरहेको छ। 

यद्यपि कांग्रेसको विधानअनुसार वडा समिति हुँदै क्षेत्रीय समितिको सिफारिसपछि क्रियाशील सदस्यता दिइने व्यवस्था छ। कांग्रेस महाधिवेशनपूर्व क्रियाशील सदस्यताको विषय सधै किचलो बन्ने गरेको छ।

वरिष्ठ नेता पौडेलले नयाँ आगन्तुकलाई स्वागत गर्दै पार्टीको निष्ठावान कार्यकर्तालाई विस्थापित हुनबाट जोगाउन आफूहरुले सभापतिसमक्ष माग प्रस्तुत गरेको बताए। 

‘सभापतिले हामीले उठाएका मागबारे छलफल गर्न बोलाउनु भएको थियो, तर, कोभिडले गर्दा बैठक स्थगित भएको छ, छिनोफानो हुनसकेको छैन,’ पौडेलले भने।

पौडेलले आफ्ना मागहरू कुनै पनि हालतमा सम्बोधन हुनुपर्छ भनेर सभापतिलाई चेतावनी पनि दिइसकेका छन्। 

‘हामीले उठाएका मागबारे जमेर छलफल भएको छ, यसलाई अनदेखा गरे पार्टीभित्र ठूलो दुर्भाग्य हुने हामीले सभापतिलाई भनिसकेका छौं,’ वरिष्ठ नेता पौडेलले भने, ‘हामीले उठाएका माग सम्बोधन नभए संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ।’

सहज अवस्थामा कार्यतालिका बनाउने अनि अहिले कोरोनाको बहानामा महाधिवेशन सार्ने षड्यन्त्र भइरहेको पौडेलले आरोप लगाए। 

‘आवधिक निर्वाचन पार्टी र लोकतन्त्रको प्राण हो, यसलाई छोडेर कांग्रेस कहाँ बस्छ?’ 

भारतको विहार विधानसभा निर्वाचनको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘कोरोना महामारीबीच विहारमा निर्वाचन भइरहेको छ। महाधिवेशन तोकिएकै मितिमा हुनुपर्दछ, तर, यस्तै तालले नहुनपनि सक्दछ, बाँकी रहेका काम गर्दै जाउँ, कहाँसम्म पुगिन्छ, त्यसपछि महाधिवेशनको मितिबारे छलफल गर्न सकिन्छ,’ पौडेलले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको