एमाले सांसदहरूले सभामुखलाई दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति गठबन्धनको आपत्ति


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धन दलले आपत्ति जनाएका छन्।

सभामुख सापकोटाको कार्यकक्षमा एमालेका सांसदहरूले उनलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै गठबन्धनआवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएका हुन्।

दल विभाजनको तयारी गरिरहेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न सूचना प्रकाशित नगरेको भन्दै तत्काल सूचना प्रकाशनका लागि दबाब दिन भदौ ३ र ४ गते एमाले सांसदहरूले सभामुख सापकोटालाई दबाब दिएका थिए।

त्यस क्रममा एमाले सांसदहरूले सभामुखलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप गठबन्धनआवद्ध दलहरूले लगाएका छन्।

‘भदौ ३ र ४ गते सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका माननीय सदस्यहरूले सम्माननीय सभामुखज्यूलाई लक्षित गरी दिनुभएको संसदीय मर्यादाविपरीत बल प्रयोगजस्ता धम्कीपूर्ण अभिव्यक्ति र सोही दिन प्रमुख विपक्षी दलका नेताले सार्वजनिक मिडियामा सभामुखविरुद्ध दिनुभिएको धम्कीमूलक अभिव्यक्तिको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ गठबन्धनआवद्ध दलहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

सभामुखविरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरू वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध रहेको विपक्षी गठबन्धले भनेको छ।

कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपा सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेर सभामुखविरुद्ध दिइएको धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।