झापाको जंगलमा विप्लव-युवा संगठनको सम्मेलन


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


सरकारद्वारा  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको  युवा सङ्गठन नेपाल, झापाले चौथो जिल्ला सम्मेलन  गरेको छ। 

संगठनले  चौथो  जिल्ला सम्मेलन झापाको शिवसतासी नगरपालिकाको जंगल क्षेत्रमा  गरेको  पार्टीले जनाएको छ।

सम्मेलनमा  प्रमुख अतिथि युवा संगठन नेपाल मेचिकोशी ब्यूरो संयोजक  ‘नुलुक’ थिए। 

त्यस्तै जिल्ला सचिव श्रीजंग, जिल्ला सदस्य  सुमन लगायत पनि सम्मेलनमा सहभागी भएका थिए। प्रमुख अतिथि नुलुकले दलाल, माफिया, भ्रष्टाचारी, लागूपदार्थ कारोबारीलाई  अब युवाहरूले कारबाही गर्दै गाउँबाट लखेट्ने चेतावनी दिए।

पार्टीका झापा जिल्ला सचिव श्रीजंगले पूँजीवादी दलाल संसदीय व्यवस्थाले युवाको समस्या हल गर्न नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आग्रह  गरे।

सम्मेलनले सम्राटको नेतृत्वमा युवा सङ्गठन झापाको २१ सदस्य जिल्ला कमिटी गठन गरेको  छ। 

राज्यबाट प्रतिवन्धित यो पार्टीले पछिल्लो समय  झापामा  विभिन्न गतिविधि गरेर सक्रियता बढाइरहेको छ।

केही दिनअघि कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न झापाका स्थानीय तहलाई चेतावनी दिएको यो पार्टीले युवाको सम्मेलन झापामा गरेर आफ्नो सक्रियता बढाएको सन्देश दिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख