डा विष्णुमाया परियारको संघर्षकथा चर्चित प्रकाशकको पुस्तकमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–अमेरिका निवासी डा. विष्णुमाया परियारको संघर्षकथा विश्वकै चर्चित प्रकाशकको पुस्तकमा समावेश गरिएको छ। स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने ‘म्याक ग्र हिल’ बाट प्रकाशित पुस्तक ‘द राइटर्स माइन्डसेट’ मा परियारको संघर्षकथा समावेश गरिएको हो। उक्त प्रकाशन संस्था विश्वकै तीन ठूलामध्येको एक प्रकाशक मानिन्छ।

लिसा राइट हफ्नरबाट लिखित उक्त पुस्तकमा दलित परिवारमा जन्मिएकी परियारको पिस कप्र्सको सहयोगमा बदलिएको जीवनसंघर्षको कथा समेटिएको छ। सन् १८८८ मा स्थापित म्याक ग्र हिलबाट प्रकाशित पुस्तकहरु विश्वभरका ११ सय बढी शिक्षण संस्थाहरुले कोर्सबुकका रुपमा प्रयोग गर्दै आएका छन् ।

यो पुस्तकमा राम्रो लेखक बन्नका लागि विद्यार्थीहरुले जान्नुपर्ने लेखन प्रकृयाबारे उल्लेख गरिएको छ। पुस्तकको मूल्य ७० अमेरिकी डलर रहेको छ। पुस्तककी लेखिका डा लिसा हफ्नर टेक्सासको म्याकलेनन कम्युनिटी कलेजमा प्रोफेसर छिन्।

डा परियारले घरेलु हिंसाविरुद्ध र यौनहिंसाविरुद्ध आउटरिच कोअर्डिनेटरका रुपमा काम गर्दै आएकी छिन्। दलित र सिमान्तकृत महिलाको सशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरेकी थिइन्। हाल उनी जर्सी सिटीको रोजगारी र तालिम समितिमा समेत सदस्य छिन् ।

तस्बिर खसाेखास


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत