तटस्थ बसेका नेपाल पक्षका नेताहरू बालकोटमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– एमाले विभाजनमा तटस्थ बसेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन तटस्थ बसेका नेताहरू ओली निवास बालकोट पुगेका हुन्।

एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, रघुजी पन्तलगायतका नेताहरू अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने बताइएको छ।

लामो समयदेखि माधवकुमार नेपाल पक्षमा रहेका उनीहरू नयाँ पार्टी दर्ता हुँदा निर्वाचन आयोग पुगेका थिएनन्। नेपालले दर्ताका लागि प्रस्ताव गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नलागेका उनीहरू अध्यक्ष ओलीतिर पनि खुलेका छैनन्।

तटस्थ बसेका उनीहरू पार्टी एकता जोगाउन अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गर्नुपर्ने र नेपालले नयाँ पार्टी दर्ता प्रक्रिया रोक्नुपर्ने प्रस्ताव गरेका छन्।

निर्वाचन आयोगमा बुधबार सनाखत हुनपूर्व उनीहरूले अध्यक्ष ओलीको स्पष्ट धारणा बुझ्न खोजेका छन्। मंगलबारसम्म १० बुँदे कार्यान्वयनमा नआए आफूहरू पनि ओलीसँग नबस्ने चेतावनी उनीहरूले दिएका छन्।

ओली पक्षले भने १० बुँदे कार्यान्वयनमा गइसकेको दाबी गरेको छ भने नेपाल पक्षले भने ओली नसच्चिने बताइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु