स्कर्ट लगाएर चियासँगै चुरोटकाे धुँवा उडाउने ती अफगानी केटीहरू…


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


‘द काइट रनर’ अफगान मूलका अमेरिकी लेखक खालिद हुसैनीले लेखेको एक विश्व चर्चित उपन्यास हो। हुसैनीको यो पहिलो उपन्यासमाथि एउटा फिल्म पनि बनेको छ। २००३मा प्रकाशित भएको यो पुस्तक विश्वका धेरै बिक्री हुने मध्यको एक हो। खासगरी हुसैनीले अफगानिस्तानमा अमेरिकी आक्रमणपछि त्यहाँका मानिसहरूको ‘युद्ध-भोगाइ’लाई यो पुस्तकमा उतारेका छन्।

आफ्नो बालापन अफगानिस्तामै गुजारेका खालिदले अफगानिस्तानलाई निकै नजिकबाट चियाइरहेका छन्। २० वर्षको युद्धपछि अमेरिकी सेना अघिल्लो महिनामात्रै फिर्ता भयो। त्यसपछि फेरि तालिबान आक्रामक भयो र अहिले पूरै अफगानिस्तान कब्जामा लिइसकेको छ।

तालिबानले काबुल कब्जामा लिएपछि फेरि एकपटक अफगानिस्तानको भविष्यमाथि अन्योलको बादल लागेको छ। सारा अफगानीका सपनामाथि फेरि अन्योल र भयका बादल मडारिन थालेका छन्।

सिएनएनले खालिदसँग अफगानिस्तानका बारेमा गरेको कुराकानीलाई आयोमेलले संक्षिप्त अनुवाद गरेको छ :

तपाईंले बाल्यकाल बिताएको घर अर्थात् काबुल फेरि तालिबानले कब्जा गर्दैगर्दा कस्तो महसुस गरिरहनुभएको छ?

मेरो आत्मा एकदमै रोइरहेको छ। त्यो दिन जब म भर्खरै उठेर मेरो मोबाइल खोलेर हेरेँ। अनि मैले देखेँ काबुल कसैको कब्जामा परिसकेको थियो। एक समय थियो सेप्टेम्बर ११ पछि जब अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्न थालेको थियो। फेरि एकपटक यो आँशुले भरिएको क्षण हो। 

यो देश, यो सहर अनि यहाँका मानिससँग मेरो भावनाको एउटा बलियो बन्धन छ। हुन त म १९७६ देखि नै यहाँ बसिनँ तर मेरा बालापनका धेरै यादहरू यहाँ छन्। जब फेरि यहाँ मैले तालिबानका झन्डाहरू फहराएको देखेँ मेरो मन धेरै अत्तालिएको छ।

तपाईंले त्यहाँ बिताउनु भएको बालापनलाई कसरी सम्झनुहुन्छ?

वास्तविकताभन्दा धेरै फरक थियो त्यो समय। सायद कुनै सपनाको वास्तविकभन्दा फरक। त्यहाँका चिया पसलहरूमा हिप्पीहरूले भरिएका हुन्थे। महिला अनि केटीहरू चियासँगै चुरोटको धुँवा उडाइरहेका हुन्थे। छोटा स्कर्ट लगाएका महिलाहरू आफैँ गाडी हाँक्थे। सरकारी जागिरे थिए। महिलाहरू नै वकिल थिए। डाक्टर थिए। उनीहरूको सार्वजनिक जीवन थियो। त्यो एउटा धेरै फरकखालको समाज थियो। काबुल एक समृद्ध सहर थियो। कैयौं कट्टर धार्मिक देशभन्दा धेरै भिन्न सहर। एउटा उदार र शान्त सहर।

चालिस वर्षअघिसम्म त त्यो ठाउँ एउटा बिछट्टै ग्रहजस्तै लाग्थ्यो। बालापनमा बिताएका प्रेमील पलहरू अहिले पनि मसँग ताजै छन्। अफगानिस्तानमा बस्न पाएँ म आफूलाई यो युगकै एक भाग्यमानी मान्छे हुँ भन्ने ठान्छु। जब सोभियतसंघ अघिसम्म अफगानिस्तान निकै शान्त र स्थिर थियो। जब त्यहाँ बाहिरी आक्रमण सुरु भयो अनि हामीले टेलिभिजनहरूमा देखिरहेका छौं अफगानिस्तानको हालत देखिरहेकै छौं।

अहिले पनि अफगानिस्तानमै रहेका तपाईंका आफन्त र साथीहरूबाट त्यहाँको बारेमा के सुनिरहनुभएको छ?

सायद तपाईंले जे सुन्ने अपेक्षा गरिरहनुभएको छ मलाई त्यहाँका आफन्तहरूले त्यस्तै खबर सुनाइरहेका छन्। उनीहरूलाई आफ्नो सुरक्षाको निकै चिन्ता छ। आफ्ना आफन्त अनि साथीहरूको चिन्ता छ। आफ्नो देशको भविष्यको चिन्ता छ। सायद अब तालिबान आउनुको अर्थ २०औं वर्षका सारा उपलब्धी अनि अधिकारहरू फेरि पनि गुम्ने हो कि भन्ने गम्भिर चिन्ता पनि छ।

के तपाईंलाई लाग्छ फेरि २००१कै शक्तिमा फर्किएर तालिबानले अफगानिस्तानमा शासन गर्दैछ?

ती लाखौं अफगानीहरूप्रति मेरो हृदयदेखिकै सहानुभूति गुञ्जिरहेको छ। त्यो बेला तालिबान सत्ताच्यूत भएको थियो र विस्तारै एउटा सुन्दर भविष्यको ढोका भर्खरै उघ्रिँदै थियो। अझ स्थिर, समृद्ध र एउटा शान्तिपूर्ण बाटोमा देश अघि बढ्दै थियो।

करिब २७ वर्षपछि २००३मा म पहिलोपटक म अफगानिस्तान फर्किएको थिएँ। लाग्यो मौसम धेरै बलियोगरी बदलिइसकेको छ। हरेकका आँखामा अलिकति सपनाहरू देखेँ। लाग्थ्यो त्यहाँ अहिलेको जस्तो भयानक संकटको कुनै कल्पना नै थिएन। हरेक अफगानी एउटा सपना पूरा गर्न शान्त भएर अघि बढिरहेका थिए।

र आज हेर्नुस् एउटा कठोर समयको घेराबन्दी छ। मेरा लागि बितेको २० वर्षमा यो एउटा सबैभन्दा अन्धकारमय क्षण हो। मलाई थाहा छैन अफनगानिस्तानको भविष्य अब के हुन्छ।

‘द काइट रनर’का लेखक खालिद हुसैनी

ती आशातीत भावनाहरू कसरीकसरी परिवर्तन भए? के तपाईंलाई कहिलै लागेको थियो कि तालिबानले यसैगरी फेरि अफगानिस्तान कब्जा गर्नेछ?

जब म अफगानिस्तानमा थिएँ त्यो बेला त्यहाँका मानिसहरूसँग कुरा गर्दा एउटा सम्भावित ‘भय’को प्रतिध्वनित्व भइरहेको थियो। उनीहरूलाई लाग्थ्यो कि यदि अमेरिकनहरूले त्यो भूमि छोडे भने सायद अफगान राज्यले उनीहरूको सुरक्षा र देशलाई बचाउन सक्नेछैन। र त्यो केही वर्षपछि सत्य पनि सावित भएको छ। धेरैजसो मानिसहरू यो कुरामा चिन्तित थिए कि अफगानको भूमिमा विदेशीहरूको उपस्थिति घातक पनि हुनेछ। अफगान राज्य एकदिन असफल हुनेछ र त्यो सबै कुनै एउटा शक्तिशाली समूहको हातमा जानेछ, जस्तो कि तालिबान। तर मलाई लागेको थिएन कि यति चाँडै यो सबै हुन्छ। र, बितेको केही सातादेखि हामीले देखिरहेका छौं कि यो सब भइसक्यो। तालिबान आइसक्यो। यो निकै आश्चर्यजनक वा भनौं यो सब नाटकीय रुपमा भयो।  

अन्तत: अरू सबैजसो विदेशी शक्त्तिहरू अफगानिस्तानमा फेल भए। तपाईंलाई लाग्दैन अमेरिकी अप्रेशन पनि एउटा त्यस्तै असफल मिसन थियो? के अमेरिकी उपस्थितिको सार्थकता अरूभन्दा फरक भयो र?

सुरुमा मैले अफगानिस्तानमा अमेरिकी मिसनको समर्थन गरेको हुँ। लाखौं अफगानी नागरिकले पनि गरे। तर यो मिसनमा अमेरिकाले अफगानिस्तानमा जे गरिरहेको थियो त्यसको चारैतिरबाट गम्भीर आलोचना पनि भएको हो। वर्षौं बित्यो। अमेरिकीप्रतिको विश्वास र अफगानमा सदभाव पनि हराउँदै गयो। र सबैभन्दा महत्वपूर्ण कुरा त अफगानीहरूलाई यो कुराको महसुस भयो कि वास्तवमा अफगानमा अमेरिकी उपस्थिति आफैँमा घातक थियो। यस्तो कुनै संकट आउनेछ र पूरै राज्य असफल हुनेछ। अन्तत: त्यो सत्य आज आएर सावित भएको छ।

यसबारेमा मैले अमेरिकी राष्ट्रपति बाइडेनका धेरै भाषणहरू पनि सुनेँ। कहिलेकाहीँ त यसो सोच्थेँ र उनलाई सोध्न मन लाग्थ्यो– खै के भयो रह्यो त २० वर्षसम्मको अमेरिकी लिगेसी? आखिर त्यो सब केका लागि थियो? अमेरिकी पक्षलाई लाग्दो हो कि उनीहरू अफगानबाट फिर्ता हुँदै गर्दा लाखौं मानिसका लागि केही चिज फ्याँकेर फर्किएका छन्। तर हजारौं हजार नागरिकले ज्यान गुमाएका छन्। लाखौं मानिस विस्थापित भएका छन्। कैयौं गाउँ अनि वस्तीहरू बमले उडाइएका छन्। अनि अफगानिस्तानका लागि सुन्दर भविष्यको सपना देखेका लाखौं अफगानीहरू अहिले त्यही सपनाले पिरोलिएका छन्।

आज आफगानीहरू फेरि एउटा त्यस्तो समूहको ‘दया’मा बाँच्नुपरेको छ जसलाई अमेरिका आफैं एउटा वैश्विक आतंकवादी संगठन घोषणा गरेको थियो। यो त्यही समूह हो जसले ९०को दशकमा शासन गर्दा वास्तविक ‘आतंक’को शासन गरेको थियो। र, अब यो निल्नु न ओकल्नुजस्तै भएको छ। तर आफगानीहरूको नजरबाट हेर्ने हो भने फेरि उनीहरूलाई आरोप लगाउने कुनै त्यस्तो ठाउँ नै छैन।

तपाईंको एउटा किताबले अफगानिस्तानलाई सार विश्वभरि चिनायो। एउटा आख्यानले देशको संस्कृति अनि मानिसको भावनालाई कसरी प्रतिविम्बित गर्नसक्छ?

मलाई लाग्छ कि यो एउटा सानो झ्याल हो, जो मेरो किताबमा छ। धेरै मानिसले मेरो किताब पढे त्यसका लागि म धन्य छु। यो पुस्तक पढ्ने पाठकहरूले अफगानिस्तानको बारेमा एउटा चित्र बनाए जो वर्षौंदेखि युद्धमा छ। जहाँका मान्छे युद्धको भूमरीमा छन्। अफगान एउटा युद्धभूमि हो, लागुऔषधको व्यापार आतंकवादलाई संरक्षण गर्ने एउटा भूमि हो। बस् मानिसले यत्तिमात्रै बुझेका छन्। र, मलाई फेरि आशा छ कि मानिसहरूले फेरि मेरो पुस्तक सुक्ष्म तरिकाले पढून् र अफगानिस्तानलाई बुझ्नका लागि त्यो पुस्तकका लागि एउटा लामो यात्रा तय गरून्।

भनाइको मतलव म आफैंलाई अफगानिस्तानको प्रतिविम्बका रूपमा हेर्दिनँ। मलाई सारा अफगानी नागरिक अनि अफगानिस्तानको गहिरो चिन्ता छ। अहिले अफगानिस्तानमा जे भइरहेको छ सायद त्यसको एउटा हिस्सा त म पनि हुँ। तर म लामो समयदेखि देश बाहिर रहेर आप्रवासी जीवन बिताइरहेको छु। मलाई आशा छ कि मेरो उपन्यास सारा अफगानिस्तानलाई बुझ्नका लागि एउटा सानो प्रवेश विन्दुमात्रै हो तर यो नै अन्त्य भने होइन।

तपाईंको नजरमा अरू कुनकुन अफगान लेखक हुन्, जसलाई हामीले पढ्नैपर्छ?

फरिवा नवा। उनी एक पत्रकार हुन् र निकै विचित्र लेखक। ‘ओपियुम नेशन : चाइल्ड ब्रिड्स, ड्रग्स लर्ड एन्ड वन वुमन्स जर्नी थ्रो अफगानिस्तान’ उनले लेखेको पुस्तक हो। अफिमको व्यापारले बाँचेको एउटा अफगान परिवारको कथा हो यो। यो पुस्तकले ३० देखिको अफगानिस्तान कस्तो छ भन्ने कुरा देखाउँछ।

र जसले अफगानको इतिहास मात्रै होइन त्यहाँबाट निर्वासित अफगानीहरूको कथा पढ्न चाहन्छ म उनिहरूलाई तमिम अन्सारीको ‘वेस्ट अफ काबुल, इस्ट अफ न्यूयोर्क’ पुस्तक पढ्नका लागि सिफारिस गर्दछु।

तालिबानले भनिरहेजस्तै उनीहरूको अबको शासन पहिलाभन्दा फरक हुनेछ भन्नेमा तपाईंलाई के लाग्छ?

म पनि उस्तै महसुस गरिरहेको छु जसरी कैयौं अफगानीहरूले सोचिरहेका छन्। यसमा मलाई पनि निकै गहिरो शंका छ। यो कुरा तालिबानले शब्दहरू होइन उनीहरूको व्यवहार र कामबाट प्रमाणित गर्नुपर्ने हुन्छ। अहिले सारा विश्वको ध्यान नै तालिबानमाथि छ। त्यसैले उनीहरूले भनेजस्तै महिला अधिकार र समग्र मानवअधिकारको सम्मान गर्ने भन्ने कुरा धेरै आश्चर्यका रुपमा लिनुपर्दैन। किनकि उनीहरूले भनिरहेका छन् कि यो सबै इस्लाम कानुनअनुसार नै हुनेछ। जे होस् त्यसको अनुभव गर्नका लागि उनीहरू अहिले खुला नै छन्। जसले जसरी बुझे पनि।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।