बाहिर निभ्दै जाँदा काठमाडौंमा रन्कियो कोरोनाको राप


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


कुनै समय कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगन्जमा शनिबार सातजनामा मात्रै संक्रमण देखियो।  

पहिले दैनिक २ सयदेखि २ सय ५० सम्म संक्रमित भेटिने प्रदेश २ मा अहिले अवस्था सामान्य बन्दै गइरहेको छ।

पछिल्लो एक सातामा प्रदेश २ मा जम्मा ३ सय ८६ जना भाइरस संक्रमित फेला परेका छन्। जसमा असोज ११ मा ९०, १२ मा ३६, १३ मा ४९, १४ मा २६, १५ मा ४९, १६ मा ७९ र १७ गते ५७ जना भेटिएका छन्।

त्यस्तै कोरोना भयावह अवस्थामा पुगेको सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन भाइरस संक्रमित घट्दै गइरहेका छन्।

सुदुरपश्चिम प्रदेशमा एक सातामा ५ सय ९ जनामा संक्रमण पुष्टि भएको छ। जसमा असोज ११ गते ६९, १२ मा ६७, १३ मा ३२, १४ मा १ सय ९६, १५ मा ३१, १६ मा १ सय २० र १७ मा ७५ जनामा संक्रमण पुष्टि भएको छ।

पहिले कोरोना भाइरसको ‘इपिसेन्टर’ बनेका उपत्यका बाहिरका जिल्ला अर्थात् प्रदेश अहिले सामान्य अवस्थातर्फ गइरहेका छन् भने उपत्यकामा भाइरस संक्रमण निरन्तर बढिहेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘सकेसम्म काठमाडौं नआउन’ आग्रह गरे। 

आइतबारको नियमित बिफ्रङमा उनले ‘जहाँ हुनुहुन्छ, त्यहीँ दसै मनाउनुस्’ भने। 

अर्थात्, काठमाडौं उपत्यका कोरोना संक्रमणको खतरा झनै बढिरहेको छ। 

संघीय राजधानीले अहिले सबैको ध्यान खिचेको छ। देशभर सबैभन्दा बढी जोखिम काठमाडौं उपत्यकामा छ।

उपत्यकामा पछिल्लो एक सातामा ६ हजार ८ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। 

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं सबैभन्दा बढी जोखिममा रहेको पहिलो जिल्ला बनेको छ, भने ललितपुर र भक्तपुर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

त्यसमा पनि काठमाडौं महानगरपालिकाभित्र सबैभन्दा धेरै संक्रमित छन्। 

एक सातामा काठमाडौंमा मात्रै ५ हजार ४ सय ६६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। 

यसरी उपत्यकामा रहेका ६ हजार ८ सय ६२ जना संक्रमितमध्ये १ हजार ३ सय ९६ जना मात्रै ललितपुर र भक्तपुरका छन्।

उपत्यकाको एक साताको तथ्यांक हेर्दा दैनिक ८ सयभन्दा बढी संक्रमित थपिँदै गइरहेका छन्।

आइतबार मात्रै उपत्यकामा १ हजार ५ सय ९९ जना संक्रमित थपिए। तीमध्ये काठमाडौंका १ हजार ३ सय ७३, ललितपुर १ सय ८७ र भक्तपुरका ३९ जना छन्।

यसरी दिनहुँ उपत्यकामा संक्रमित बढ्दै गइरहेका छन्। 

काठमाडौंमा भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयसम्म ‘लकडाउन’ तथा निषेधाज्ञा गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन।

उपत्यकामा संक्रमण बढ्दै जाँदा यहाँका स्थानीय भयभित र त्रसित बन्दै गइरहेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर तथा प्रवक्ता अनुप बास्तोला नेपालमा कोरोना भित्रिएदेखि आमसर्वसाधारणले स्वास्थ्य मापदण्ड नअपनाउँदा यो अवस्था आएको बताउँछन्।

संक्रमण बढ्दै गए पनि उपत्यका भित्रिने र बाहिरिने सर्वसाधारणका कारण अहिलेको अवस्था आएको उनको तर्क छ।

‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण निरन्तर बढ्दै जाँदा सिकिस्त हुने बिरामी पनि बढ्दै जान्छन्। भाइरस तीव्र रूपमा फैलिसकेको छ, सर्वसाधारणले स्वास्थ्य मापदण्ड अपनाएको भए अहिलेको अवस्था आउने थिएन,’ बास्तोलाले आयोमेलसँग भने।

पहिले तराईका जिल्लामा भाइरस संक्रमण बढ्दै जाँदा उपत्यका सुरक्षित थियो भने अहिले बाहिर संक्रमण कम हुँदै गइरहेको छ। तर, काठमाडौंले भाइरसको उच्च जोखिम झेलिरहेको छ।

भाइरस संक्रमणबाट जोगिन स्वास्थ्य सामग्री व्यवस्थापन गर्र्नु र स्वास्थ्य मापदण्ड पूर्णपालना गर्नुको विकल्प नभएको उनी बताउँछन्।
उपत्यकामा जनसंख्या धेरै भएकाले संक्रमित संख्या कति छ भन्ने कुरा कसैले अनुमान गर्न नसक्ने अवस्था छ। 

उपत्यकामा भएका कूल जनसंख्यामध्ये संक्रमितको संख्याले वास्तविक जोखिमको अवस्था चित्रण गर्ने भए पनि संक्रमित तथ्यांक नै नभएकाले खतरा बढ्दै गएको छ।

‘अहिले जोखिम नभएको होइन तर, जाडोमा भाइरस संक्रमण झन् फैलिएर भयावह अवस्था आउँछ,’ डा. बास्तोला भन्छन्, ‘जाडोयाममा भाइरस सक्रिय हुने अन्य रोगले समात्ने भएकाले पनि झन् संक्रमण फैलिन्छ।’

भाइरस संक्रमण अहिले नै समुदाय स्तरमा पुगिसकेको भए पनि जाडो समयमा अझै हरेक घर र व्यक्तिमा फैलिने उनको भनाइ छ।

सर्वसाधारणले अनुसाशित भई स्वास्थ्य सामग्री, मास्क, स्यानिटाइजर तथा भौतिक दुरी कायम नगरे उपत्यका भाइरसको दलदलमा फस्ने बास्तोला बताउँछन्।

पहिले असुरक्षित भनिएका प्रदेश तथा जिल्लाहरू अहिले सुरक्षित हुन थालेका छन् अर्थात् संक्रमण घट्न थालेको छ।

केही महिनाअघि संक्रमण बढ्दै गएको कर्णाली प्रदेशको पछिल्लो एक साताको तथ्यांक हेर्दा ४ सय जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशमा ११ गते ४५, १२ मा ३३, १३ मा ५२, १४ मा ५७, १५ मा १ सय ५, १६ मा ८६ र १७ गते ५१ जना संक्रमित भेटिएका छन्।

यसरी पहिलेका जोखिमयुक्त प्रदेशमा औषतमा सयभन्दा कम संक्रमित छन् भने उपत्यकामा हजारको आसपास संक्रमित फेला पर्ने गरेका छन्।

आइतबार असोज १७ गतेमात्रै उपत्यकामा १ हजार ५ सय ९९ जना संक्रमित थपिएका छन्। जसमा १ हजार ३ सय ७३ काठमाडौं, १ सय ८७ ललितपुर र ३९ जना भक्तपुरका छन्।

कोरोनालाई लिएर मान्छेको धारणा परिवर्तन नभएको र भाइरसलाई  सामान्य लिँदा झन् समस्या बल्झिएको बास्तोलाको भनाई छ। 

‘उपत्यका जोखिममा परिसकेको भए पनि जाडो बढ्दै जाँदा भाइरस संक्रमण पनि उत्कर्षमा पुग्छ, भाइरसबाट बच्न स्वास्थ्य सामग्री प्रयोग गरी संयमित र सुरक्षित हुनुको विकल्प नै छैन,’ डा. बास्तोला भन्छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख