दोस्रो नेपाल–भारत फ्रेन्चाइज लगानी सम्मेलन असोज ३० देखि


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


असोज ३० गतेदेखि दोस्रो नेपाल–भारत फ्रेन्चाइज लगानी सम्मेलन हुने भएको छ।

नेपाली र भारतीय ब्रान्ड र आगन्तुकलाई एकै मञ्चमा जुटाई दुवै देशबीच लगानी, प्रविधि एवं व्यावसायिक मेडलहरू आकर्षित गर्ने उद्देश्यले असोज ३० देखि आगामी कात्तिक २ सम्म पहिलोपटक भर्चुअल माध्यमबाट दोस्रो नेपाल–भारत फ्रेन्चाइज लगानी सम्मेलन आयोजना हुने भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज डटकमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा सम्मेलन हुने महासंघले जनाएको छ।

सम्मेलनमार्फत नेपाल तथा भारतका १ सयभन्दा बढी प्रतिष्ठित ब्रान्डले प्रदर्शनी गर्ने र सम्मेलनलाई २ हजारभन्दा बढी योग्य लगानीकर्ताले फ्रेन्चाइज, डिलरसिप तथा अनुमतिपत्रलगायतमा व्यवसायिक अवसर खोज्ने महत्वपूर्ण माध्यमका रूपमा उपयोग गरी लाभ उठाउने महासंघले जनाएको छ।

गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो फ्रान्चाइज एक्सपो तथा सम्मेलनको सफलतापछि यसलाई स्थापित कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्यअनुसार दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।

कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्ष फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअल माध्यमबाट आयोजना हुन लागेको हो । सम्मेलनलाई नेपाल–भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी ६० ब्रान्ड सहभागी थिए। उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्यातीप्राप्त उद्यमी–व्यवसायीलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै व्यावसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयाँ अवसर तथा नविनतम सोच आदान प्रदानमा महत्वपूर्ण उपलब्धी हासिल गरेको थियो। 

पकार्ट, ओयो, कोक, युनिलिभर, लेन्सकार्ट जस्ता प्रतिष्ठित ब्रान्डसहित १ सयभन्दा बढी भारतीय र अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली बजारमा प्रवेश गरी पहिचान बनाइसकेका स्वदेशी ब्रान्ड पनि विस्तार भइरहेको भन्दै महासंघले उद्यमशीलतालाई बढावा दिने महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न