काबुल कब्जापछि अफगानी मिडियाले के देखाइरहेका छन्?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तान – अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि धेरैको ध्यान त्यहाँ रहेका मिडियामा छ। त्यहाँका मिडिया के कसरी सञ्चालन भइरहेका छन्, कस्ता सन्देश दिइरहेका छन् भन्ने आममानिसको चासो छ।

अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबान समर्थित मिडियाले त्यहाँको अवस्था सामान्य देखाउने कोसिस गरिरहेका छन् भने दुश्मनसँग सचेत रहन चेतावनी पनि जारी गरिरहेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार अफगानिस्तानको अल-एमाराह टेलिभिजनका पत्रकार केही दिनयता काबुलका सडकबाट रिपोर्टिङ गरिरहेका छन्। उनीहरु सडकमा हिँडिरहेका नागरिकसँग कुरा गरिरहेका छन् र देखाउन खोजिरहेका छन् कि अफगानिस्तानको अवस्था सामान्य छ भन्ने। यो टेलिभिजनले तालिबान समर्थित भिडियोको प्रसार गर्ने गर्छ।

सिटी सेन्टरमा एक सञ्चारकर्मी भित्र छिर्छन् र एकजनालाई सोध्छन्, ‘तपाईं कति आश्वस्त हुनुहुन्छ?’ उताबाट जवाफ आउँछ, ‘सय प्रतिशत नै आश्वस्त छु कि यहाँ कोही पनि चोर छैन। हामी खुसी छौं।’

तालिबानले काबुलमाथि पनि कब्जा जमाएपछि त्यहाँको अवस्था निकै जटिल र दर्दनाक बनेको छ। जसको पुष्टि अफगानिस्तान छोड्नका लागि एयरपोर्टमा देखिएको ठूलो जमातले पनि गर्छ। यसै दृष्यलाई लुकाउन र विश्व समुदायमाझ आफूहरुको लोकप्रियता देखाउन तालिबानले विभिन्न मिडिया प्रोपागाण्डा रचिरहेका छन्।

हजारौं नागरिक एयरपोर्टमा जम्मा भएका छन् र देश छोडेर अन्यत्र जाने तयारीमा अरु पनि थुप्रै लागेका छन्। तर, शनिबार तालिबानी उक्त टेलिभिजनमा प्रवेश गरे। र, उनीहरुले सम्बोधन गर्दै अफगानिस्तान र त्यहाँका सडक सुरक्षित रहेको बताए।

बिबिसी मोनटरिङकाअनुसार अगस्ट २० सरकारी टेलिभिजन च्यानलमा एक चेतावनीपूर्ण सन्देश जारी गरिएको थियो। जसमा भनिएको थियो कि, ‘अफगानी युवाहरु, तिमीहरु इस्लामका दुश्मनबाट बच्नु।’ अहिले उक्त च्यानल तालिबानको नियन्त्रणमा रहेको छ।

शुक्रबारको नवाजपछि प्रशारित एक भिडियोमा एक मुस्लिम धर्मगुरुले भनेका थिए, ‘यो देशमा तपाईंहरुको अधिकार छ। हाम्रो देश हाम्री आमासमान हुन्। एक जन्म दिने आमा हुन् भने अर्की आध्यात्मिक हुन्।’

देशमा कब्जा जमाएपछिको पहिलो शुक्रबार भएको नमाजपछि भिडियो सन्देशमा के सन्देश दिने भन्ने कुरा धर्मगुरुहरुलाई तालिबानले सिकाएको थियो। उनीहरुलाई त्यही कुरा भन्न निर्देशनसमेत जारी गरिएको थियो। उनीहरुले सन्देशमा अफगान युवाहरुलाई राष्ट्र निर्माणमा प्रेरित गर्न र दुश्मनका प्रोपागाण्डालाई खण्डन गर्न पनि धर्मगुरुलाई निर्देशन दिएका थिए।

धर्मगुरु सन्देशमा भन्छन्, ‘सरकार र मिडियाको जिम्मेवार यो पनि हो कि, उनीहरु युवालाई मार्गदर्शन गरुन्।’

सरकारी टेलिभिजन च्यानलले उपदेश चलाइरहँदा अन्य निजी च्यानल -टोलो न्युज, अरियाना न्युज र वनटिभीले भने आफ्ना सामान्य न्युज कार्यक्रम मात्र चलाइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो

सर्वोच्चद्वारा दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार