छोराको माया : मिर्गौला दिने तयारीमा कुमारी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


दमौली – छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई। २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीको मुहारमा खुसी छैन।

छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छिन्। कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि धेरै खर्च लाग्ने भएपछि परिवार नै पीडामा छ। कुमारीले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै छिन्। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको बुबा पदमबहादुर क्षेत्रीले जानकारी दिए। ‘सबै परीक्षण गरेपछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपण गर्न मिल्ने भएको छ’, उनले भने, ‘मिर्गौला त प्रत्यारोपण हुने भयो तर, खर्च कसरी जुटाउने भन्ने चिन्ता अझै छ।’

डुम्रेस्थित एक कम्पनीमा काम गर्दैगर्दा अनुपका मिर्गौलामा समस्या आएको थियो। परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो। त्यसयता उनी नियमित डायलासिस गराउँदै आएका छन्। स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले प्रत्यारोपणको सुझाव दिएका थिए।

‘मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेपछि मिर्गौला कताबाट खोज्ने भन्नेमा चिन्तित भयौं। पछि आमाको मिर्गौला छोरालाई प्रत्यारोपणका लागि मिल्ने भयो,’ उनले भने, ‘सबै परीक्षण सकिएको छ, अब चिकित्सकले कहिले भन्छन् त्यही दिन प्रत्यारोपणको तयारी छ।’ प्रत्यारोपणका लागि रु १२ देखि १५ लाख खर्च लाग्ने चिकित्सकले बताएका छन्। हालसम्म रु ६ लाख खर्च भइसकेको छ। अनुपका उपचारमा सघाउन विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गर्दै आएका छन्। हालसम्म रु ८ लाख संकलन भएको पदमले जानकारी दिए। ‘गरिखाने परिवार पर्यौं, छोराको उपचारका लागि त्यत्रो पैसा जुटाउन मुस्किल भइरहेको छ, सहयोग पनि पाइरहेका छौं’, उनले भने, ‘थप सहयोग पाए छोराको जीवन बचाउन सक्छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले