रत्नपार्कमा औषधी खुवाएर लठ्याए, भक्तपुर लगेर रातभरि बलात्कार गरे


विचार
आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।

आयोमेल संवाददाता
भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर

आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका


भक्तपुरको महानगरीय प्रहरी वृत्त जगातीमा शनिबार मध्यरातमा फोन आयो- ‘खोला किनाराको एउटा बसभित्र महिलामाथि हातपात भइरहेको छ।’

त्यो फोन स्थानीयले गरेका थिए। 

प्रहरी टोली तुरुन्त त्यहाँ पुग्यो। 

चाँगुनारायण नगरपालिका–८ लिवालीस्थित तबियाखुसी खोला किनारमा बा. ३ ख २६१२ नम्बरको बस रोकिएको थियो। 

प्रहरी टोली त्यहाँ पुग्दा एउटी किशोरी ‘अर्धचेत’ थिइन्। अनि, दुई युवक थिए। 

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो। 

असोज १६ गते बिहान ११ बजेतिर एक व्यक्तिले १७ वर्षीया ती किशोरीलाई रत्नपार्कबाट भक्तपुरको सूर्यविनायक पुर्‌याएका थिए। 

उनले ती युवतीलाई पानीमा ‘लठ्याउने’ औषधी मिसाएर पिउन दिए। त्यसपछि उनले बसमै राखेर उनलाई भक्तपुर सूर्यविनायक पुर्याए। त्यहाँ उनका अरू साथी पनि थिए। 

‘खै के खान दिए, त्यो खाएपछि म त बेहोस भएँ,’ पीडित किशोरीले प्रहरीलाई भनेकी छिन्, ‘म ब्युझिँदा त तीनजना केटाहरू थिए।’  

औषधीले लठ्ठिएकी ती किशोरीलाई सूर्यविनायकमा एउटा नम्बर नखुलेको बसभित्र राखेर १७ गते रातिसम्म ‘जबर्जस्ती करणी’ गरेको प्रहरीले जनाएको छ। 

त्यसपछि १७ गते राति नै उनीहरूले ती किशोरीलाई चाँगुनारायण नगरपालिकाको तबियाखुसी खोलामा पुर्‌याए। त्यहाँ पनि एउटा बस पार्किङ गरिएको थियो, त्यही बसभित्र उनीहरूले किशोरीलाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। 

त्यहीबेला स्थानीयले खबर गरेपछि प्रहरीले ‘अन द स्पट’ दुई युवकलाई पक्राउ गरेको हो। 

प्रहरी परिसर भक्तपुरका डिएसपी केशव थेवेका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी-१० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका-४ घर भएका २१ वर्षीय सूर्य श्रेष्ठ पक्राउ परेका छन्।

रत्नपार्कबाट ती किशोरीलाई भक्तपुर पुर्‌याउनेलाई प्रहरीले मुख्य अभियुक्त बनाएको छ। तर, उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। 

डिएसपी थेवेका अनुसार ती किशोरी अहिले केही पनि बोल्न सकिरहेकी छैनन्। 

‘सिन्धुपाल्चोक घर हो, अनि अहिले काठमाडौंको मुलपानी बस्नेमात्रै भन्नुभएको छ,’ थेवेले भने, ‘अरू केही बोल्न सक्नुभएको छैन। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ।’

थेवेका अनुसार किशोरीले आफन्तहरूको बारेमा पनि केही भनेकी छैनन्। 

‘सायद नर्भस भएर हुनसक्छ,’ थेवेले भने, ‘हामीले त्यस्तो प्रेसर पनि गरेका छैनौं। उहाँका आफन्तहरू सम्पर्कमा नआएसम्म हामीसँगै सुरक्षित हुनुहुन्छ।’ 

उनका अनुसार किशोरीको स्वास्थ्य जाँच पनि भइरहेको छ। 

‘उहाँको स्वास्थ्य जाँच पनि भइरहेको छ। डेरामा बस्ने भने पनि कोही आफन्तको सम्पर्क नम्बर पनि भन्न सक्नुभएको छैन,’ थेवेले भने, ‘हामी पनि थप अनुसन्धानमै छौं।’

उनका अनुसार मुख्य अभियुक्तको खोजी भइरहेको छ। पक्राउ परेका दुईजनालाई म्याद थप गरेर अनुसन्धान थालिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम

भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर बढाएका छन्। उनीहरुले दुवै डोजको अन्तर १२ देखि १६ हप्ता

कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात अस्पतालसँग सम्झौता

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय