अब मौनता सकियो, केसीको समर्थनमा सरकारलाई सडकबाटै तर्साउँछौं : नेविसंघ


विचार
आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो


नेपाल विद्यार्थी स‌ंघका अध्यक्ष राजीव ढुंगानाले अब आफूहरू डाक्टर गोविन्द केसीको समर्थनमा सडक आन्दोलनमै उत्रिने चेतावनी दिएका छन्। 

आयोमेलसँग कुरा गर्दै उनले हिँजो आफ्नै पार्टीको सरकार हुँदा पनि नेविसंघ केसीको पक्षमा रहेको र आज पनि केसीको पक्षमा रहेकाले चाँडै माग सम्बोधन गर्न सरकारलाई चेतावनी दिए। 

'हामी सडकमा आए कांग्रेसले केसीका मागमा राजनीतिकरण गर्न खोज्यो भन्ने आरोप लाग्ला। त्यसलाई सरकारले अर्कै रुप देला। अहिले उसलाई बहाना मात्रै चाहिएको छ, भन्ने हामीलाई लागेको थियो', उनले भने, 'आज त २२ दिन भइसक्यो। सरकार माग सुनुवाइका लागि लाचार बनेको छ। अब हामी मौन बस्दैनौं। सडकबाटै सरकारलाई माग सम्बोधनका लागि तर्साउँछौं।' 

उनले केसीको समर्थनमा आन्दोलन गर्नका लागि रणनीति तय गरिरहेको बताए। 

केसीलाई अस्पतालमै भेटेर नेविसंघले मागमा एकेवद्धता जनाइसकेको उनको भनाइ छ। विज्ञप्ति जारी गर्दै नेविसंघले डाक्टर केसीको जीवन रक्षाका लागि सरकारसँग आग्रह गरिसकेको उनले बताए। 

अध्यक्ष ढुंगानाले केसीको माग एउटा व्यक्तिको माग मात्रै नभएको बताए। उ

नले केसीको आवाज सम्पूर्णको आवाज भएकाले सरकारले माग सम्बोधन गर्नुको विकल्प नभएको बताए। केसीलाई बेवास्ता गर्दै गए सरकार र नेकपा दिनप्रतिदिन कमजोर बन्दैजाने उनको चेतावनी छ। 

दुर्गमसम्म पनि स्वास्थ्य शिक्षा पुगोस र गरिवका छोराछोरीले पनि सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउन भन्नेजस्ता पवित्र मागलाई सम्बोधन गर्नु राज्यको पहिलो दायित्व भएको ढुंगानाको भनाई छ। 

'यी केसीका व्यक्तिगत माग होइनन्। उहाँ त जनताका लागि लडिरहनु भएको छ। सरकारले जनताका मागलाई बेवास्ता गरिरहेको छ। जुम्लामा केसीमाथि सरकारको दमन पनि भयो। यो लोकतन्त्रमा भद्दा मजाक हो। एउटा सत्याग्रहीमाथि दमन गर्नुभन्दा ठूलो निन्दाको विषय अरु हुनैसक्दैन सरकारले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ।' 

सरकारलाई दुई तिहाइको दम्भ नपाल्न ढुंगानाको चेतावनी छ। 

सरकारले कोरोनालाई देखाएर केसीका मागप्रति बेवास्ता गरिरहेको भन्दै नेविसंघले आपत्ति जनाएको छ। 

'भ्रष्टाचार गर्न, विभिन्न देशमा आसेपासेलाई राजदूत नियुक्ति गर्न कोरोनाले नरोक्ने तर एक सत्याग्रहीसँग वार्ता गर्न कोरोनाले रोक्ने भन्ने हुँदै हुँदैन', अध्यक्ष ढुंगानाले भने, 'सरकारको खोटो नियत र केसीका मागप्रतिको यो उदासिनता मात्रै हो।' 

उनले केसीका माग पनि पुरा हुनुपर्ने र जीवन रक्षा पनि हुनुपर्ने माग गरे। 

उनले ओलीले केसीका माग प्रतिको बेवास्ता मात्र नभएर कोरोनालाई आफ्नो कुर्छिको आयु लम्ब्याउने अस्त्रको रुपमा पनि प्रयोग गरिरहेको आरोप लगाए। 

उनले केसीका माग बेलैमा सम्बोधन नगरे सरकारले ठूलो क्षति बेहोर्ने चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा