होटल मालिकलाई तर्साउन नक्कली बमको हल्ला!


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर–काभ्रेका एक व्यक्तिले भक्तपुरको मध्यपुर थिमिस्थित होटलमा बसेको पैसा तिर्न नसकेपछि होटल मालिकलाई तर्साउन बम बनाएर राखेको अनुसन्धानबाट खुलेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शिवशरण भुजुले सञ्चालन गरेको दिब्येश्वरी गेष्ट हाउसमा वस्ने काभ्रेको तेमाल २ डाडाँगाउँका ३२ वर्षीय नवीन तामाङले यस्तो योजना बनाएको खुलेको हो।

परिसरका सूचना अधिकृत दीपक गिरीका अनुसार गेष्ट हाउसका सञ्चालक भुजुले तामाङले तिर्नुपर्ने रकम ४० हजार पटक–पटक मागेका थिए।

तर तिर्ने पैसा नभएपछि तामाङले भुजुलाई तर्साउन नक्कली बम बनाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको गिरीले जनाए।

दिब्येश्वरी गेष्ट हाउसको ११० नम्बरको कोठामा बुद्धचित्तको माला बेच्न बसेका तामाङले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई नक्कली बम बनाएर गेष्ट हाउसमा राखेको गिरीले जनाए।

बम राखेको आरोपमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ। यसअघि गेष्टहाउसमा बम फेला परेको जानकारी प्राप्त भएपछि तत्कालै घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीसहितको अनुसन्धान टोली पुगेको थियो। टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीसमेत झिकाई शंकास्पद वस्तुलाई निस्क्रिय पारेको थियो। त्यस क्रममा बिष्फोटक पदार्थ फेला नपरेको र नक्कली बम भएको र कुकरभित्र ब्याट्री र तार राखी बिजुलीको प्लगमा जोडेको पाइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु