एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ-वली र शाहीलाई पदमुक्त गर्न मिल्दैन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले माग गरेअनुसार प्रदेशसभा सचिवालयले कारबाही नगर्ने भएको छ। लुम्बिनी प्रदेश एमाले संसदीय दलले प्रदेश सांसद विमला खत्री वली र अजय शाहीले पदमुक्त गर्न गरेको सिफारिसअनुसार प्रदेशसभा सचिवालयले कारबाही प्रक्रिया अगाडि नबढाउने भएको हो।

सांसदद्वय वली र शाहीलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र सचिवालयले एमाले संसदीय दललाई पठाएको छ।

शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी शाही र उपनिर्वाचनमा तत्कालीन नेकपाबाट निर्वाचित वलीलाई पार्टीले कारबाही गरेको विवरणसहित दुवै जनालाई पदमुक्त गर्न एमाले संसदीय दलले प्रदेशसभा सचिवालयमा जानकारी गराएको थियो।

आफू माओवादी केन्द्रमा रहेको प्रष्ट पारिसकेकी वली अहिले प्रदेश सरकारमा राज्यमन्त्री छन्। यसैगरी सूर्च चिह्न लिएर स्वतन्त्र समूहबाट निर्वाचित शाही पनि मन्त्री बनेका छन्।

वलीले पेश गरेको व्यक्तिगत विवरण र नेकपा (माओवादी केन्द्र) संसदीय दलले पेश गरेको विवरणअनुसार वली नेकपा (माओवादी केन्द्र) कै संसदीय दलको सदस्य ठहरिने हुँदा पदमुक्त भएको जानकारी दिन नपर्ने प्रदेशसभा सचिवालयले एमाले संसदीय दललाई पठाएको पत्रमा उल्लेख छ।

‘विमलाकुमारी खत्रीले प्रदेशसभा नियमावली २०७४ को नियम १८७ सँग सम्बन्धित अनुसूची–६ बमोजिम पेश गर्नुभएको व्यक्तिगत विवरण र नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशसभा संसदीय दलको कार्यालयले पेश गरेको विवरण हेर्दा उहाँ नेकपा (एमाले) संसदीय दलको नभइ नेकपा (माओवादी केन्द्र) संसदीय दलको सदस्य ठहरिने हुँदा नेकपा (एमाले) संसदीय दलले दिएको सूचना राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिम नभएकोले सोही ऐनको दफा ३५ बमोजिम सदनमा जानकारी दिन नपर्ने गरी सभामुखबाट निर्णय भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ,’ एमाले संसदीय दललाई प्रदेशसभा सचिवालयले पठाएको पत्रमा भनिएको छ।

यसैगरी प्रदेश सांसद शाहीलाई पदमुक्त गर्न भनिएको एमाले संसदीय दलको कारबाहीलाई पनि प्रदेशसभा सचिवालयले अमान्य ठहर गरेको छ।

‘अजय शाहीले प्रदेशसभा सचिवालयमा पेश गर्नुभएको व्यक्तिगत विवरण र कागजात हेर्दा नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिम सूचना दिन पाउने वा नपाउने भन्ने प्रश्न उठ्न गएकाले उक्त सूचना सोही ऐनको दफा ३५ बमोजिम सदनमा जानकारी दिन नसक्ने गरी सभामुखज्यूबाट निर्णय भएको ब्यहोरा जानकारीका लागि अनुरोध छ,’ पत्रमा उल्लेख छ।

सभामुखले वली र शाहीलाई पदमुक्त गरिएको सूचना नदिएको भन्दै नेकपा एमालेले दुई दिन प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।