काठमाडौंका सीडीओलाई प्रश्न-उपत्यकाको कोरोना रातिमात्र सर्ने हो?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– सरकारले काठमाडौं उपत्यकालाई कोरोना संक्रमणको ‘रेड जोन’ मा राखेको छ। उपत्यकाका तीनै जिल्ला प्रशासनले गत साउन २८ गतेदेखि राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा कडाइ गरिरहेका छन्।

तर, प्रशासनको सो निर्णयको व्यापक आलोचना भइरहेको छ। भिडभाड दिउँसो हुने, राजनीतिक दलका प्रदर्शनहरू दिउँसो हुने तर निषेधाज्ञामा कडाइचाहिँ राति गर्ने भन्दै आलोचना भइरहेको छ। ‘काठमाडौंमा कोरोना रातिमात्र सर्छ रे !’ भन्दै सामाजिक सञ्जालसहित सार्वजनिक स्थानमा व्यङ्ग्यात्मक तरिकाले खिल्ली उडाउने काम भइरहेको छ।

विज्ञहरू पनि आम नागरिकले उठाएको प्रश्नसँग सहमत छन्।

टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन कोरोना संक्रमणको जोखिम कम गर्न रातिको कडाइ प्रभावकारी नहुने बताउँछन् ।

‘कोरोना फैलिनको आवतजावत बढी हुनुपर्छ, भिडभाड बढी हुनुपर्छ। अब राति भिडभाड हुन्छ कि दिउँसो भिड हुन्छ, यो त प्रष्टसँग थाहा भएकै कुरा हो । संक्रमण त सभा, सम्मेलन, जुलुसबाट फैलिने हो। त्यसैले रातिमात्र कडा गरेर चाहिँ संक्रमण घट्न सक्दैन,’ डा. पुनले भने।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै पछिल्ला दिनहरूमा राजनीतिक दलका विरोध प्रदर्शनहरू दिनहुँ भइरहेका छन्। अर्कोतिर प्रशासनले सिट क्षमताभन्दा सार्वजनिक गाडी सञ्चालन नगर्न त भनेको छ । तर, गाडीहरूमा पनि उस्तै भीड देखिन्छ।

सरकारले सभा, सम्मेलन, भेला, प्रदर्शन, सार्वजनिक गाडी लगायत भिड बढी हुने क्षेत्रमा कडाइ गनुपर्ने सरुवारोग विशेषज्ञ डा. पुन बताउँछन्। “उहाँहरूले के सोचेर राति कडा गर्नुभएको हो थाहा भएन, तर कडाइ चाहिँ अहिले भइरहेका प्रदर्शन, सभा, सम्मेलनजस्ता क्षेत्रमा हुनुपथ्र्यो,’ उनले भने।

यता, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुली पनि रातिको समयमा गरिएको कडाइ त्यति प्रभावकारी नभएको स्वीकार्छन् । तर, केही हदसम्म भएपनि जोखिम कम भएको उनको दाबी छ। ‘पहिले राति अबेरसम्म पनि खाने, बस्ने, भेला गर्ने गरेको देखिन्थ्यो। तर, अहिले कम्तीमा ८–९ बजे घर पुगिसक्नुपर्छ भनेर अनुशासित बनाएको छ।

‘काठमाडौंमा रातिमात्र कोरोना सर्ने रहेछ’ भनेर आलोचना भइरहेको छ नि ! भन्ने प्रश्नमा सीडीओ पराजुली भन्छन्, ‘९–१० बजेभित्र बन्द नगर्दा खाने, बस्ने, भेला हुने प्रवृत्ति बढेकाले हामीले राति कडा गरेका हौँ। रातमा कोरोना लाग्ने दिनमा नलाग्ने भन्ने चाहिँ होइन,’ उनले भने।
उनी बाध्यात्मक कारणले आफूहरूले दिनमा कडा नगरेको बताउँछन्।

पराजुलीका अनुसार मजदुरी गरेर जीविकोपार्जन गर्नेहरूलाई गाह्रो हुन देखिएकाले दिउँसोको समयमा कडा नगरिएको हो। ‘राहत पनि नदिने, काम गर्न पनि नदिन्ने भन्ने चाहिँ व्यवहारिक भएन। हामी सबै पक्षको विश्लेषण गरेर अघि बढिरहेका छौँ,’ उनले भने।

अहिले पनि प्रशासनको तर्फबाट दिउँसोको समयमा अनुगमन गर्ने, माइकिङ गर्ने, मास्क वितरण गर्ने, अटेर गर्नेलाई कारबाही गर्ने लगायतका कामहरू भइरहेको उनको दाबी छ।

प्रजिअ पराजुलीले निषेधाज्ञा कडा हुनसक्नेतर्फ पनि संकेत गरे । उनले भने, ‘हामी एकैचोटी सबै ठप्पभन्दा पनि क्रमशः कडा गर्दै जाने भन्ने हिसाबले अघि बढिरहेका छौँ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ