काबुल विमानस्थलमा आइएसको आक्रमण हुनसक्ने अमेरिकी चेतावनी, सचेत रहन आग्रह


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काबुल–अमेरिकाले इस्लामिक स्टेट (आईएस) ले काबुल विमानस्थलमा आक्रमण गर्ने सम्भावना रहेको भन्दै त्यसनजिक नजान आफ्ना नागरिकलाई सचेत गराएको छ।

शनिवार अफगानिस्तानस्थित अमेरिकी दूतावासले जारी गरेको सुरक्षा सतर्कतामा सम्भावित सुरक्षा चुनौतीका कारण अमेरिकी नागरिकलाई विमानस्थलको गेट बाहिर नरहन भनिएको हो।

अमेरिकी सरकारका प्रतिनिधिले व्यक्तिगत रूपमा यात्रा गर्न भनिएकाहरूले मात्रै त्यो बाटो प्रयोग गर्न दूतावासले भनेको छ।

अमेरिकी रक्षा अधिकारीहरूले घटनाक्रमहरूको अनुगमन गरिरहेको र विमानस्थल पुग्ने वैकल्पिक बाटोको खोजी भइरहेको बताएका छन्।

यद्यपि आईएसको सम्भावित सुरक्षा चुनौती के हो भन्नेबारे अमेरिकी अधिकारीले खुलाएका छैनन्। आईएसले पनि सार्वजनिक रूपमा राजधानी काबुलमा आक्रमण गर्ने चेतावनी दिएको छैन।

राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै देश छोड्न काबुल विमानस्थल बाहिर हजारौँ मानिसहरूको निरन्तर भिड देखिएको छ।
तालिबानले प्रतिशोध साँध्ने डरले यसअघि अमेरिका र उसका सहयोगीहरूका लागि काम गर्ने मानिसहरू र मानवअधिकारको क्षेत्रमा वकालत गर्नेहरू अफगानिस्तान छोड्न प्रयासरत छन्।

शनिवार विमानस्थलमा भएको घटनाबारे यथार्थ बाहिर नआइसकेको भए पनि स्काई न्यूजले हजारौँको भिडमा च्यापिएर केहीको मृत्यु समेत भएको हुनसक्ने आशङ्का गरिएको बताएको छ।

अमेरिकी रक्षा विभागले शनिवार सम्म २,५०० अमेरिकी नागरिकसहित १७,००० मानिसहरूलाई काबुल विमानस्थलबाट उद्धार उडानमा समेटिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।