चिनियाँ टिकटक स्टार लामु, जसलाई उनका पूर्वपतिले ‘लाइभ’मै आगो लगाएर मारिदिए 


विचार
आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह

आयोमेल संवाददाता
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त


चीनको टिकटक स्टार ‘लामु’को हत्या भएको छ। उनका पूर्वपतिले आगो लगाएर उनको हत्या गरेका छन्। 

टिकटकमा प्रत्यक्ष प्रसारण गरिरहेका बेलामा लामुलाई उनका पूर्व पतिले पेट्रोल खन्याएर आगो लगाइदिएका थिए। 

उनको शरीर ९० प्रतिशत जलेको थियो र उपचारको क्रममा दुई हप्तापछि उनको मृत्यु भएको हो। 

३० वर्षीया लामु चीनको सिचुवान प्रान्तको एक गाउँमा बस्थिन्। 

उनले ‘मेकअप नगरेरै आफू राम्री भएको र गाउँमै खुसी भएर बसेको’ भन्ने सन्देश बोकेको एउटा भिडियो टिकटकमा खुब चर्चित भएको थियो। 

लामुले टिकटक बनाउँदै गर्ने क्रममा उनका पूर्वपति ताङ जर्बजस्ती घरभित्र पसेका थिए। उनले हातमा चक्कु र पेट्रोल बोकेका थिए। 
टिकटकमा लाइभ आउने क्रममा उनको स्क्रिन देखिएको स्थानीय संचार माध्ययमले जनाएका छन्।

आगोले जलेपछि उनलाई तत्काल त्यहीँको स्थानीय अस्पतालमा लगिएको थियो र पछि सिचुवान प्रदेशको पिपुल्स अस्पतालमा सारिएको थियो। 

लामुका परिवारले उनका टिकटक फलोअरलाई आर्थिक सहयोगको अपिल गरेका थिए र २४ घण्टाभित्रै १० लाख युआनभन्दा धेरै रकम संकलन भएको ‘द पेपर’ले जनाएको छ। 

योसँगै सामाजिक सन्जालमा चीनमा हुने महिला विरुद्ध हिंसाको आलोचना भएको छ। 

चीनका सन्चार माध्ययमका अनुसार लामुले घरेलु हिंसाकै कारण आफ्ना पतिलाई डिभोर्स दिएकी थिइन्। 

उनीहरूको डिर्भोस गत मे महिनामा भएको थियो। उनीहरूका दुई सन्तान छन्। उनीहरूले एक एक जना सन्तानको कस्टडी लिएका थिए।

लामुका पति ताङले फेरि उनैसँग विवाह नगरे मार्ने धम्की दिएका थिए। त्यही भएर उनी घरबाट भागेकी थिइन्।
ताङले उनको सालीलाई लामुको कहाँ छिन्? भनेर सोधेका थिए। 

ठाउँ बताउन इन्कार गरेपछि उनले सालीलाई पनि कुटपिट गरेका थिए। एजेन्सीहरुकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन आग्रह

काठमाडौं–युरोपेली संघका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन्। आयोगका अध्यक्ष