नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालको लागि स्थगित भएको छ। 

शनिबार स्थगित भएको बैठक आइतबार ४ बजे बोलाइएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका पाँचजना सदस्यलगायतका कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको बताइएको छ। 

आइतबार बोलाइएको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अर्को बैठक कहिले बस्ने यसबार टुंगो नलागेको उनले बताए। 

प्रधानमन्त्री ओलीका तीनजना सल्लाहकार, सचिवालयका कर्मचारीका साथै ६० जनाभन्दा बढी सुरक्षाकर्मीलाई शनिबार संक्रमण पुष्टि भएको छ। 

सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले भेटघाट बन्द गरेका छन्। 

मन्त्रिपरिषद् पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न नेकपाले सचिवालय बैठक बोलाएको थियो। 

प्रधानमन्त्री ओलीले हालै गरेका केही राजनीतिक नियुक्तिलाई लिएर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालका साथै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन्। 

सचिवालय बैठकमा सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्नुका साथै स्थायी र केन्द्रीय कमिटीमा रिक्त सदस्यहरुको पदपूर्तिलगायतका विषयमा छलफल गर्न एजेन्डा तय भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख