भक्तपुरमा भ्यागुतालाई भोज र श्रृङ्गारका सामान


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुरमा आज भ्यागुतालाई भोज खुवाइँदैछ। वर्षेनी जनैपूर्णिमा (क्वाँटी-पून्ही)को दिन भ्यागुतालाई भोज खुवाउने गरिन्छ।

गुन्हीपुन्हीको पहिलो दिनलाई नेवार समुदायले क्वाँटी पुन्हीको रूपमा मनाउने गर्दछन्। यसलाई नेपाली भाषामा जनैपूर्णिमा र रक्षाबन्धन भनिन्छ। गुन्हीपुन्ही नेवार समुदायमा मनाउने ठूलो पर्वमध्ये एक हो। साउन शुक्लपक्षका दिन यो पर्व मनाइने गरिन्छ।

नेवारहरूको अधिकांश पर्वहरुलाई मन्दिरमा गई पुजाआजा गरी भोज खाने चलन छ। तर क्वाँटी पुन्ही पनि क्वाँटी (विभिन्न गेडागुडीहरुको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर आफूमात्रै खाँदैनन्। यो दिन भक्तपुरमा भने क्वाँटी आफूले मात्र नखाई भ्यागुतोलाई समेत खुवाउने परम्परा चलिआएको छ।

यस दिन सबैभन्दा पहिलो भोज भ्यागुतोलाई खुवाउनका लागि स्थानीय खेतहरूमा भ्यागुता खोज्न जान्छन्।

भक्तपुरका किसानले आआफनो खेतसम्म पुगेर भ्यागुतालाई भोज खुवाउने गर्दछन्। त्यसका लागि अहिले विहानैदेखि उनीहरू आआफनो खेतमा भोज लिएर पुग्ने गर्छन्।

धेरै ठाउँमा खेतबारी हुनेहरुले पनि सवैतिरकै खेतसम्मै पुगेर भ्यागुतालाई भोज खुवाएउने गरिन्छ। परिवारका एकएक जना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई भोज खुवाएर आउँछन्।

बिहानै तयार गरिएको भोज भ्यागुताका लागि भनेर खेतका डिलमा राखिन्छ। प्रत्येक वर्ष गाईजात्राको एक दिन अगाडि भ्यागुतालाई खेतखेतमा पुगेर भोज खुवाउने परम्परा भक्तपुरमा अहिलेसम्म पनि छ। यसलाई स्थानीय किसानले नेपाल भाषामा ‘व्यां चा जानक वानेगू’ अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनिन्छ।

विहानै सूर्यविनायकस्थित नौतेस्थित आफनो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी लक्ष्मी सिजखोले परम्परा अनुसार प्रत्येक वर्ष जस्तै आफनो खेतका भ्यागुतालाई भोज खुवाउने हिँडेको बताइन्। परम्परा अनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ।

भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आआफनो खेतमा छोड्ने परम्परा छ।

भोजको परिकारमा के के हुन्छ?

भ्यागुताका लागि बनाइएको भोजमा किसानले क्वाँटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामाग्री राखेका हुन्छन्। विभिन्न परिकारका साथै साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि दिने चलन छ। ऐनालगायतका श्रृंगारपटारका सामान लिएर जाने परम्परा छ। मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ. आएको छ। भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन रहेको छ। यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ।

संस्कृतिविद् ओम धौभडेलले किसानको सहयोगीको रुपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको बताए। आफनो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एक पटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् धौभडेल बताउँछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ