उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको निधन भएको छ। शनिबार साँझ लखनउस्थित एसजिपिजीआई अस्पतालमा उनको निधन भएको हो।

८९ वर्षीय सिंहलाई गत ४ जुलाईमा कोरोना संक्रमण भएको थियो। स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

मुख्यमन्त्री योगी आदित्यनाथले उनको निधनमा उत्तर प्रदेश सरकारले तीन दिन राजकीय शोकको घोषणा गरेका छन्। उनको अन्तिम संस्कार सोमबार गंगा घाटमा हुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जली दिँदै भनेका छन् ‘म आफ्नो दुखपूर्ण बयान गर्न सक्दिनँ। सिंह जी एक स्टेट्सम्यान, वरिष्ठ प्रशासक, निडर नेता थिए। उनी महान थिए। उत्तर प्रदेशको विकासमा उनको अमिट योगदान छ।’

त्यस्तै भारतका केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले कल्याण सिंहलाई श्रद्धाञ्जली दिँदै भनेका छन्- मैले आफ्नो ठूलो दाजु गुमाएको छु।’

पहिलोपल्ट १९९१मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले अर्को वर्ष बाबरी मस्जिदमा भएको एउटा ध्वंशात्मक घटनापछि राजीनामा दिएका थिए। त्यसपछि उनी फेरि मुख्यमन्त्री, सांसद र राज्यपालसमेत भए।

अलिगढ जिल्लाको मढौली गाउँमा १९३५ जनवरीमा उनको जन्म एक साधारण किसान परिवारमा भएको थियो। बाल्यकालदेखि नै राष्ट्रिय स्वंयसेवक संघमा जोडिएका उनी उच्च शिक्षापछि प्रध्यापक, जागिरे अनि त्यसपछि राजनीतिमा उत्रिए।

बिजेपीमै पनि उनी हिन्दुत्वको मुद्दालाई मूलधारको राजनीतिमा स्थापित गर्ने एक नेताका रुपमा चिनिन्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले