तालिबानको डरले शैक्षिक प्रमाणपत्र जलाएकी छात्राको रोदन : बलात्कारपछि हामीलाई मार्छन् होला…


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काबुलमा युनिभर्सिटीमा अध्ययनरत छात्राहरुको नयाँ शैक्षिक सत्र सुरु हुने समय भएको छ। तर, केही दिनयता अफगानिस्तानमा सबैकुरा परिवर्तन भएको छ। सडकबाहिर तालिबानी लडाकुको गस्ती छ। कतिपय छात्राहरु अहिलेसम्म प्राप्त जीवनका शैक्षिक प्रमाणहरु नष्ट गर्न लागिरहेका छन्।

डरको भूमरीमा अहिले छात्राहरु बाँचिरहेका छन्। उनीहरुले अब आफ्ना सबै सपना डरमा बदलिएको बताएका छन्। केही दिनमै अब उनीहरुको अस्तित्वको भविष्य तय हुनेछ। तालिबानले नयाँ सरकार गठन गर्दैछ भने महिलामाथि कडा प्रतिबन्ध लगाइने सरिया कानुन लागू गर्न गइरहेको छ।

त्यसैमध्येकी एक छात्राले भनिन्,

अहिले हामीहरुको यस्तो अवस्था छ जसलाई म शब्दमा बयान गर्न सक्दिन। मैले देखेका सपना, त्यसका लागि मैले गरेका काम, मेरो गरिमा, अभिमान, यहाँ सम्मकी एक केटीका रुपमा मेरो अस्तित्व, मेरो जीवन सबै खतरामा छ।

त्यो कति नै समय लाग्ला र जब उनीहरु घरघरमा प्रवेश गर्दै महिलालाई अपहरण गरेर लग्नेछन् र सायद उनीहरुमाथि बलात्कार गर्नेछन्। जब उनीहरु मेरो घरमा आउनेछन् सायद मैले त्यो समय आफैंलाई मार्नुपर्ने छ। मैले आफ्ना साथीहरुसँग पनि कुरा गरेकी छुँ। हामी सबै यही गर्ने योजनामा छौं। उनीहरुले उठाएर लैजानु भन्दा त आफै मर्नु राम्रो। हामी सबै त्रासमा छौं, एकदमै डराएका छौं।

दुई महिना पहिले मेरो ध्यान केवल मेरो पढाईमा थियो। मैले फल सेमेस्टरको लागि आफ्नो पढाइको योजना बनाइरहेकी थिएँ, त्यही समय तालिबानले देशका कतिपय प्रान्तमा कब्जा जमाइरहेको थियो। नागरिक एकदमै डराइरहेका थिए। तर, मलाई लागेको थियो कि, उनीहरुले काबुललाई नियन्त्रणमा लिन सक्ने छैनन्।

मजार ए शरीफ ( काबुलको उत्तरपश्चिमको ठूलो सहर र तालिबानी विरोधी गढ) मा कब्जा गर्नुअघि मेरो जीवन सामान्य नै थियो। तर, जब उनीहरुले त्यहाँ कब्जा जमाए मलाई लाग्यो कि, अब हामी सकिन्छौं। त्यसपछि, उनीहरुले काबुलमाथि कब्जा जमाए। सहरमा केही गोली चले र हामीले सुन्यौं कि उनीहरु प्रत्येक गल्ली र बस्तीमा पुगिसके। फेरि केही पनि सामान्य रहेन।

मेरो पूरा परिवार घरमै बस्यौं। पसल बन्द थिए। हरेक कुराको मूल्यमा तीव्र बृद्धि भइरहेको थियो। मुद्रा विनिमय दर पनि तीव्र गतिमा बदलिइरहेको थियो।

मैले युनिभर्सिटीका आफ्ना सबै कागजात र दास्तावेजहरु जलाइ दिएँ। मेरा सबै उपलब्धी र प्रमाणपत्रहरु जलेर खरानी भए। मसँग धेरै किताबहरु छन्, प्यारा किताब जसलाई म पढीरहेको छुँ मैले ती सबै लुकाएकी छुँ।

मैले आफ्ना सबै सोसियल मिडिया अकाउन्ट बन्द गरिदिएँ। मलाई भनिएको छ कि सामाजिक सञ्जालमा पोस्ट गर्नु यहाँसम्म कि त्यो चलाउनु मात्रै पनि ज्यानका लागि धेरै खतरनाक हुन सक्छ। तालिबानीहरु सामाजिक सञ्जाल चलाइरहेका हुन्छन्। कसैको पोस्ट देखेका उनीहरु प्रयोगकर्ताको खोजीमा लाग्छन् र कडा सजाय दिन्छन्।

मेरो लागि फेसबुक एक ठूलो समस्या भएको छ। किनकि म त्यसमा सक्रिय थिएँ। मेरो पूरानो एक पोस्टमा लेखिएको छ कि, ‘तालिबान केही गर्न सक्दैन, म उनीहरुविरुद्ध डटेर लाग्ने छुँ, उनीहरुले हाम्रो पढ्ने अधिकार खोस्न सक्दैनन्। उनीहरु मलाई घरमा बन्द गरेर राख्न सक्दैनन्।’ मैले उनीहरुलाई आतंकवादी समेत भनेकी छुँ। यो निश्चित छ कि, मैले लेखेका शब्दहरु उनीहरुविरुद्ध छन्।

तालिबानले केही दिनमै यो सब सम्भव गरिदिए। मैले आफू सिद्धिएको अनुभूति गरिरहेकी छुँ। एकदमै डर भरिएको छ मेरो मनमा।

तालिबानले भनेका छन् कि, महिलाले हिजाबका साथ रुढीवादी कपडा लगाउनु पर्नेछ। महिलाहरु डरका कारण हिजाब र बुर्का लगाइरहेका छन्।

तालिबान लड़ाके

मैले सुनेको छुँ कि, युनिभर्सिटीका कक्षा कोठामा केटा र केटीका बीचमा पर्दा लगाइएको छ रे। कतिपय परिवारले त डरका कारण आफ्ना छोरीहरुलाई पढ्नका लागिसमेत पठाएका छैनन्। यो सबैलाई थाहा छ कि, तालिबानले अहिलेसम्म आफ्नो कठोर अनुहार देखाएको छैन। तर, त्यो वास्तविक अनुहार उसले एकदिन पक्कै देखाउने छ। त्यसैको डरका कारण अहिले छोरीलाई स्कुल/कलेज पठाइएको छैन।

मैले तालिबानले गरेको पत्रकार सम्मेलन हेरेँ। उनीहरु झुठो बोलिरहेका छन्। उनीहरु पक्कै पनि हामीलाई मार्नेछन् कि त बलात्कार गर्नेछन्।

म गत मंगलबार आफ्नो बुवासँग औषधी लिन बाहिर गएकी थिएँ। सबै कुरा बन्द थियो। मैले पूरै शरीरमा हिजाब लगाउनु पर्यो। १३/१४ वर्षका बालिकाहरुलाई पनि डरका कारण बुर्का लगाइएको थियो। पहिले जस्तो केही थिएन। त्यो सहर, सहर थिएन।

चारैतर्फ तालिबानी घुमिरहेका थिए। तपाईंले पूरा हिजाब लगाए पनि उनीहरु तपाईंलाई घुरेर हेरिरहेका हुन्छन्, जस्तो कि तपाईं एक सामान्य मानिस नै होइन, उनीहरु नै तपाईंका मालिक हुन्, तपाईं एक फोहर हो जसलाई फालिदिनु पर्छ।

जब म पढ्दै थिएँ, कतिधेरै सपना देखेकी थिएँ। जिन्दगीका योजना र लक्ष्य बनाउँथे। अब मलाई लाग्छ कि, देश छोड्नुपर्छ। किनकि, म हजारा हुँ। उनीहरुले हजारा समुदायका केटीहरु पढ्ने स्कुलमा हमलासमेत गरिसकेका छन्। त्यतिखेर उनीहरुले सयौं केटीहरुको हत्या गरिदिएका थिए।

त्यो दृश्य सम्झिँदा मलाई लाग्छ कि, उनीहरु पक्कै पनि हामीलाई छोड्ने छैनन्, मार्नेछन् या पहिले बलात्कार गरेर अनी मार्नेछन्। एक महिला र अल्पसंख्यक हुनुका कारण मलाई मेरै देशमा कुनै ठाउँ नै छैन।

मेरो सम्पूर्ण परिवार डराएको छ। जबदेखि तालिबानले सत्ता हातमा लिएको छ, त्यही दिनदेखि नै हाम्रो परिवार यहाँबाट निस्कने प्रयासमा छ, चाहे त्यो कानुनी रुपमा होस् या अवैध रुपमा। एयरपोर्टमा निकै भीड छ, निस्कने ठाउँ नै छैन्। सबै देश यसरी हेरिरहेका छन् कि, हामीमाथि केही त भएकै छैन जस्तो गरी।

म विश्व समुदायसँग यही आग्रह गर्न चाहन्छु कि, तपाईंहरु तालिबानीलाई अफगानी सरकारकारुपमा मान्यता नदिनुस्। यदी, तपाईंहरुले तालिबानीलाई सरकारको मान्यता दिनुभयो भने उनीहरुले निश्चय नै हामीहरुलाई मार्नेछन्।

जुन सहरलाई म मनबाटै माया गर्छु त्यो सहर कब्जा गरिएको हेर्नुभन्दा नराम्रो के नै हुन सक्छ र? म भावुक हुन चाहन्न तर, यो सबैभन्दा दु:ख लाग्दो कुरा हो कि, अफगानिस्तानको अवस्थाप्रति विश्वका कुनै देश बोलिरहेका छैनन्। सबका सब चुपचाप छन्। उनीहरु यो सोचिरहेका छन् कि, अफगानीहरु मानिस नै हैनन्। यो देखेर मेरो मन टुट्छ।

भनिन्छ सबैभन्दा ठूलो मानवता हो। तर यो सब देखेर मलाई भन्न मन लाग्छ, ‘सबैभन्दा ठूलो मानवता नै हो तर, अफगानीलाई छोडेर।’

जीवनमा कहिल्यै यस्तो ठाउँमा पनि उभिनु पर्ने छ भन्ने कहिल्यै सोचेकी थिएन। मैले केही दिनअघि मात्र देखेका सबै सपनामात्र होइन मेरो मन पनि अहिले टुक्राटुक्रा भएको छ।

(लेखकको सुरक्षाका लागि उनको नाम उल्लेख गरिएको छैन। बिबिसीबाट अनुदित)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले