अफगानिस्तानमा तालिबानले उडाएको ‘बुद्ध’ र नेपाल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


हिन्द प्रशान्त क्षेत्रमा भइरहेका गतिविधि, खासगरी दक्षिण एसियामाथिको अन्तराष्ट्रिय दवाबलाई यतिबेला गम्भिर रुपमा लिनुपर्छ।

विश्व बजारमा यही क्षेत्रबाट लगभग ७५% ब्यापार हुने आकंडा छ । विश्व बजारको जिडिपिको करिव ६०% को योगदान छ,यो क्षेत्रबाट। हिन्द माहासागर र प्रशान्त महासागरलाई जोडेर बनेको क्षेत्रलाई पछिल्लो अवधिमा ‘इन्डो-प्यासेफिक एरिया’का रुपमा ब्याख्या भइरहेको छ। यो क्षेत्र भनेको ३८ वटा देशहरुको सहभागिता पनि हो।

सिल्क मार्ग, चीनसम्मको भूभाग, भू-मध्यसागर, सिन्धु घाटी, हिन्दू कुश, तारिम बेसिनदेखि युरेशियन क्षेत्र समेटिएको भू-रणनीतिक रुपमा निकै संवेदनशील र महत्वपूर्ण देश हो- अफगानिस्तान।

मिर्जा हुसेन नाम गरेका एकजना कैदीलाई डाईनामाईट राखेर विशाल बुद्धको प्रतिमा उडाउने आदेश दिएको थियो कुनैबेला तालिबानले। त्यो कामका लागि तालिबानीले २५ जना कैदीलाई खटाएका थिए। तिमध्येका एक थिए २६ वर्षीय हुसेन। वर्षौंपछि उनै हुसेनले ति बुद्ब प्रतिमा ध्वस्त पारेको घटनालाई पश्चातापका रुपममा बिबिसी मार्फत सुनाए। तर उनीसँग तालिबानीको आदेश मान्नुको विकल्प थिएन। तर त्यति गर्दा पनि विशाल बुद्धको प्रतिमाको एउटा खुट्टा मात्रै भाँचिएको थियो। बुद्धत्व र बुद्धका मुर्तीहरूको भेद के छ बुझ्नेले बुझ्छन नै। तर अमेरिकाकाको ट्विन टावर र तालिवानबीचको सम्बन्ध र भेदका जानकार दुनियाभरि नै छन्। अफगानिस्तानमा तालीबान सरकारले सन् २००१मा तक्षशिला क्षेत्रका दुई ठुला करिव १५० फिट अग्ला बुद्ध मूर्तिलाई डाईनामाईट प्रयोग गरेर ध्वस्त पारेका थिए। हुन त बुद्ध स्वयंले आफ्ना शिष्यलाई मेरो कुनै मूर्ति नबनाउनु पनि भनेका थिए।

पस्तुन भाषामा विद्यार्थीको संगठन भनेर नामाकरण भएको तालिबानले अफगानिस्तानमा फेरि सत्ता कब्जा गरेको घट्नाले विश्व राजनीतिमा सत्तामा पुग्ने अनेकौं उपाय रहेको देखाएको छ। सुरुवातका दिनमा तालिबान समूहको अगुवाइ मुल्लाह मोहम्मद ओमारले गरेका थिए। ४०-५० जना विद्यार्थीलाई एकत्रित गरेर यो समूह बनेको थियो। सन् १९९६ मा तालिबानले राजधानी काबुल कब्जा गर्दै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ भनेर घोषणा समेत गरेको थियो। र फेरि त्यही गर्दै छ।

वसन्तकुमार उपाध्याय

पस्तुनको नेतृत्व गर्ने तालिबानी र मुजाहिद्दीन अफगानिस्तानको विवाद अघि बढ्यो। तर सन् १९६० र १९७० को अवधिमा अफगानिस्तान शान्त रह्यो। फेरि शीतयुद्धबाट अफगानिस्तान बच्न सकेन। अमेरिका र सोभियत युनियनबीचको राजनैतिक संघर्षमा अफगानिस्तान नराम्रोसँग भासियो। उसो त कुनैबेला अफगानिस्तान असंलग्न राष्ट्रको समूहमा बसेको पनि थियो। ‘वार अफ इन्डिपेन्डेन्स’ सन् १९१९ को युद्ध अफगानिस्तानको इतिहासमा महत्वपूर्ण कडी हो। ‘ग्रेभ यार्ड अफ इम्पायरर्स’को नामबाट अफगानिस्तान अशान्त हुँदै जानुमा सुरुवातमा वेलायती रणनीति नै जिम्मेवार रह्यो पछि आएर सोभियत सङ्घ र अमेरिका पनि उत्तिकै जिम्मेवार भए। एङ्ग्लो-अफगान युद्धका रहस्यहरू सन् १८००को दशकबाट थपिदैँ आएका विषय छन्।

सन् १८३९ देखि १८४२ सम्मको युद्धमा बेलायतले हार्नु परेको थियो। उतिबेला अकबर खानको बोलबाला थियो अफगानिस्तानमा। दोस्रो एङ्ग्लो–अफगान युद्ध सन् १८७८ ताका अफगानिस्तानमा चरम सङ्घर्षहरु भ । बेलायतले सभ्यतासँग जोडेर यो युद्ध छेडेको थियो। अफगानीहरूले हार स्विकारे। सन् १८९३ मा ब्रिटिस-इण्डियाले अफगान र ब्रिटिस-इण्डिया छुट्याउने सीमारेखा बनायो जसलाई ‘डुराण्ड लाइन’ नाामाकरण गरियो। त्यो रेखा नै पाकिस्तान र अफगानिस्तान छुट्याउने रेखा बन्यो। भारत-पाकिस्तानको ‘एलओसी’ र चीन-भारतको ‘एलएसी’ लाईनजस्तै।

बेलायत र रुसबीच सन् १९०७ मा भएको सम्झौताले अफगानिस्तानलाई बेलायतको अधिनस्थ भनेर जबरजस्त प्रमाणित गरियो। तर सन् १९१८ जब लेनिनको सत्तारोहण भयो रुसमा, रुसले अफगानिस्तानलाई ब्रिटिस नियन्त्रणबाट स्वतन्त्र बनाउन सक्रियता देखायो। फलस्वरुप सन् १९१९ मा तेस्रो एङ्ग्लो-अफगान युद्ध भयो। अमनउल्लाह खाँले अफगानिस्तानको नेतृत्व गरे। तर त्यस यता कम्युनिष्ट जोगाउने नाममा रुसले र हतियारको ब्यापारका लागि अमेरिकाले अफगानिस्तान माथि आफ्नो चाल कायम राखे। त्यसबीचमा कट्टरपन्थीहरूको संगठन चलायमान हुँदै गए। पस्तुन-तालिबान र मुजाहिद्दीनबीच संघर्ष बढ्दै गयो। मुजाहिद्दीनको बरबर्ताबाट उम्कन मानिसहरू तालिबानका पक्षमा लाग्न थाले। वास्तवमा धार्मिक रुपमा थप कट्टरता देखाउँदै गयो तालिबान।

यसैबीचमा मुजाहिद्दीनका नेता अहमद साहको सन् २००१ हत्या भयो। उता अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्‌यो। मुस्लिममाथि अमेरिकाले गरेको दमनको बदला लिएको भन्ने नाराले अमेरिका चिढियो। त्यससँगै अफगानिस्तान आतंकवाद नियन्त्रणको युद्धमा धकेलियो। ओसामा विन लादेनको खोजीमा युद्ध चर्कियो। ओसामा विन लादेनलाई तालिबानले अफगानिस्तानमा शरण दिएको कुराले अमेरिकी आक्रमण एकपछि अर्को हुँदै बढाइए।

अमेरिकाको सहयोगमा मुजाहिद्दीनका नेता हमिद कारजाई सन् २००१को अन्ततिर सत्तामा पुगे। त्यहि वर्षदेखि सन् २०२० सम्म अमेरिकी सेना अफगानिस्तानमा रह्यो। डोनाल्ड ट्रम्प प्रशासनको नीतिले अमेरिकी सेनाको फिर्ती सँगै अफगानिस्तान फेरि तालिबानको नियन्त्रणमा पुगेको छ।

यहाँनेर इण्डोनेशियालाई एक उदाहरणका रुपमा लिन सकिन्छ। FOIP (Free and Open Indo-pacific) तथा चीनको BRI (Belt and Road Initiative) दुवै परियोजनाहरूलाई टाढा राखेर आर्थिक गतिविध गरिरहेको छ। G20 शिखर सम्मेलन 2019 मा आयोजित जापान-भारत-अमेरिका (JAI) त्रिपक्षीय बैठका दौरान हिन्द-प्रशान्त क्षेत्रको चर्चा प्रमुख विषय बनेको थियो। यसअघि क्वाड भारत, अमेरिका, जापान तथा स्ट्रेलियाको संयुक्त रूपको अनौपचारिक रणनीतिक वार्ता थियो। तेह्रौं इस्ट एशिया समिटको अवसरमा QUAD को अवधारणा विकास भएको देखिन्छ। उक्त सम्मेलन इन्डो-प्यासिफिक क्षेत्रमा संरचनात्मक परियोजना र समुद्री सुरक्षा योजनामा केन्द्रित थियो। उसो त शीतयुद्धको समाप्तिसँगै सन् १९९० यता सिद्धान्तको राजनीतिले तिलाञ्जली पाइसकेको हो।

अफगानिस्तानको पछिल्लो अवस्थाबारे सार्क राष्ट्रको नाताले नेपालले पनि कूटनीतिक पहल अघि बढाउनुपर्ने देखिन्छ। तालिबानले बुद्धका ठुल्ठूला मुर्ति ध्वस्त गरेसँगै अमेरिकाको चासोमा तालिबानी सत्ता ढलेको थियो।  जे भएपनि युद्ध र द्वन्द्वबाट ग्रस्त अफगानिस्तानमा रहेका सबै नागरिकको बाँच्न पाउने अधिकारको रक्षा हुनुपर्छ। अन्तर्राष्ट्रिय समुदायसँग एउटा स्वतन्त्र राष्ट्रका नाताले नेपालले त्यसको पहल लिनैपर्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६