जसपा समायोजनसँगै प्रदेश सरकार फेरिएला? 


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको ६ महिना बितिसकेको छ। 

सपा पार्टीभित्र केही सांसद अलग भएर अर्को पार्टी गठन गर्न चलखेलको आंशका पाउनासाथ पार्टी एक बनाएर नेताहरूले ‘सर्प्राइज’ दिए। 

जसपा बनेलगत्तै सबैभन्दा बढी चर्चा प्रदेश २ सरकार परिवर्तनको विषयले पायो। 

दुई पार्टी एकीकरण भइसकेपछि प्रक्रियाअनुसार संसदीय दलका नेतादेखि प्रमुख सचेतकसम्म चयन गर्नुपर्ने निश्चित भएपछि प्रदेश सांसद आ-आफ्नो पक्षमा ‘लबिङ’ गर्न जुटिसकेका छन्। 

प्रदेश २ मा तत्कालीन सपा र राजपाको सरकार छ। 

सपाका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री छन् भने तत्कालीन राजपाका संसदीय दलका नेता जितेन्द्र सोनल सरकारका भौतिक पूर्वाधारमन्त्री। 

पार्टी एकता भइसकेपछि राउत र सोनल दुवैजना संसदीय दलको पद जोगाउन लबिङ गरिरहेका छन्। 

जसपाका ५५ जना प्रदेशसभा सदस्यबाट चुनिने संसदीय दलका नेता मुख्यमन्त्री हुने पक्का छ।

तत्कालीन समाजवादी पार्टीका तर्फबाट राउतसहित प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विजय यादव संसदीय दलको नेता बन्ने कसरत गरिरहेका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिने आर्थिक मामिलामन्त्री यादव पार्टीका साथै प्रदेशसभा सदस्यबीच निरन्तर संवाद र आफ्नो पक्षमा लबिङ गर्न जुटेको बताइएको छ।

यसैगरी जसपा नेतृ रेणु यादव नजिक मानिने मुख्यमन्त्री राउत पनि पछि हट्ने मुडमा नरहेको जसपाका नेताहरू बताउँछन्। राउतलाई संसदीय दलको नेता बन्न रोकिए नेतृ रेणु असन्तुष्ट हुनसक्ने कतिपय जसपा नेताहरूको आँकलन छ। 

रेणुलाई खुसी पार्नकै लागि भए पनि राउतले नै मुख्यमन्त्रीमा निरन्तरता पाउनसक्ने सम्भावनालाई नकार्न नसकिने ती नेताहरूको भनाइ छ।

यता, जसपाका एकथरी नेताहरूले भने प्रदेश सरकारले सोचेअनुसार ‘पर्फर्मेन्स’ दिन नसकेकाले मुख्यमन्त्रीसहित मन्त्रिमण्डल नै परिवर्तन हुने दाबी गरिरहेका छन्। 

‘जुन आसा र अपेक्षासाथ जनताले मधेश केन्द्रित दललाई प्रदेशको नेतृत्व गर्ने अभिभारा दियो, त्यसमा खराे उत्रन सकेको छैन,’ जसपाका एक नेताले भने, ‘केन्द्रीय कार्यसमिति समायोजन भएलगत्तै संघ र प्रदेशमा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुन्छ।’

पार्टीको केन्द्रीय कार्यसमिति समायोजन हुन बाँकी छँदै कतिपय प्रदेश सांसद आफूनिकट पार्टीका शीर्ष नेतृत्वलाई भेटेर मुख्यमन्त्री बन्ने चाहना व्यक्त गरिसकेका छन्। मुख्यमन्त्रीका आकांक्षीहरू धेरै भएपछि नेतृत्व पनि अलमलमै छ।

सपाबाहेक तत्कालीन राजपाबाट मन्त्री सोनल मनिष सुमन, उपेन्द्र महतोलगायत नेताले पनि मुख्यमन्त्रीका लागि नेतृत्वसमक्ष आकांक्षा व्यक्त गरेका छन्। 

‘लोकतान्त्रिक पद्धतिमा सबैले आ-आफ्नो तर्फबाट चाहना व्यक्त गर्नु स्वाभाविक नै हो,’ प्रदेश सदस्य सुमनले आयाेमेलसँग भने, ‘हामी ५५ जना छौं, साथीहरूले चुनेको व्यक्ति संसदीय दलका नेता र मुख्यमन्त्री बन्नेछन्।’ 

मंगलबार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने विषयमा टुंगो लागिसकेपछि प्रतिनिधिसभा र प्रदेशसभामा संसदीय दलका नेता चयन गर्ने प्रक्रिया सुरु हुनसक्ने उनको भनाइ छ।

तर, जसपाका वरिष्ठ नेता वृषेशचन्द्र लालले पनि मंगलबार केन्द्रीय कार्यसमितिबारे टुंगो लाग्ने सम्भावना रहेको बताए। 

‘दुबै पार्टीका तर्फबाट केन्द्रीय सदस्यहरूको नामावली आइसकेको छ,’ नेता लालले भने, ‘अध्यक्षद्वयले अन्तिम टुंगो लगाउनुहुन्छ।’

केन्द्रीय कार्यसमिति समायोजन भइसकेपछि प्रतिनिधि र प्रदेशसभा सदस्यहरूको समायोजन प्रक्रिया थालिने उनले बताए।

यद्यपि, प्रदेश सरकार परिवर्तनबारे पार्टीभित्र औपचारिकरूपमा कुनै छलफल नभएको लालले दाबी गरेका छन्। 

‘प्रदेश सांसदहरूले आकांक्षा व्यक्त गर्नु स्वाभाविक हो, तर सरकार परिवर्तनबारे पार्टीभित्र औपचारिकरूपमा कुनै छलफल भएको छैन्,’ लालले भने।

कोरोना महामारीका कारण नेताहरूबीच छलफल र भेटघाट बन्द भएकाले समायोजन प्रक्रिया लम्बिएको उनको भनाइ छ। तर, अब चाँडै सकिने लालले बताए। 

विधानअनुसार जसपाको केन्द्रीय कार्यसमिति ७ सय १ सदस्यीय हुनेछ।

समायोजनमा पार्टीभित्रबाटै अवरोध सिर्जना भएको बताइएको छ। 

पार्टीमा आफू हाबी हुने दाउमा रहेका कतिपय शीर्ष नेताले नै समायोजनमा बाधा उत्पन्न गरिरहेको जसपाका एक नेताले दाबी गरे।

यसअघि राजपा अध्यक्षमण्डलमा रहेका कतिपय नेता पार्टीभित्र आफ्नो बाहुल्य कायम राख्न चाहिरहेको ती नेताकाे भनाइ छ। 

‘महन्थजी, उपेन्द्रजी, बाबुरामजी र अशोकजीबीच राम्रो समझदारी छ, पार्टीलाई एकजुट भएर अघि बढाउन खोज्नुभएको छ,’ ती नेताले भने, ‘तर, राजपाका अध्यक्षमण्डलका कतिपय पूर्वसदस्य आफू संसदीय दलको नेता बन्न भाँडभैलो मच्चाउन खोजिरहनुभएको छ।’

‘अध्यक्षमण्डल सदस्यको ‘ह्याङओभर’ उहाँहरूमा देखिएको छ, समायोजन भइसकेपछि उहाँहरू पहिला झैं पद खोजी रहनुभएको छ,’ उनले भने, ‘तर, जसपाभित्र अहिले त्यस्तो सम्भव देखिएको छैन।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको