इस्लामिक स्टेटले भन्यो- तालिबानले जितेको होइन, अमेरिकासँग सम्झौता गरेको हो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


आफूलाई ‘इस्लामिक राज्य’ (आइएस) दाबी गर्दै आएको एउटा उग्रवादी संगठगनले अफगानिस्तानमा तालिबानले जितेको नभइ अमेरिकाले उनीहरूलाई देशको नेतृत्व सुम्पेको दाबी गरेको छ।

आफ्नो एउटा साप्ताहिक मुखपत्रमा उसले भनेको छ- यो कुनै एक अमुक संगठनको जित हुनसक्छ। इस्लामको होइन। यो एउटा सम्झौताको जित हो न कि, कुनै लडाईंको।’

उसले आगामी युद्धको नयाँ चरणमा तयारी भइरहेको पनि बताएको छ।

इस्लामिक स्टेटका समर्थकहरूले यसअघि नै तालिबानीहरूले अमेरिकाको खराब कामहरूलाई पनि साथ दिएको आरोप लगाउँदै आएका छन्।

अफगानिस्तानमा इस्लामिक स्टेटको उपस्थितिलाई कमजोर बनाउनका लागि तालिबानीहरूको ठूलो भूमिका छ। खासगरी २०१९मा इस्लामिक स्टेटका विरुद्ध तालिबान, अमेरिका तथा अफगानी सुरक्षा बलहरूले एउटा संयुक्त मोर्चा नै खडा गरेका थिए। जसले गर्दा पूर्वी अफगानमा आइएसले आफ्नो आधार इलाका नै गुमाउनु परेको थियो।

त्यसपछि आइएसले अमेरिकासँग मिलिभगतमा काम गरेको आरोप तालिबानीमाथि लगाउँदै आएको छ।

त्यसअघि २०१५मा यी दुबै गुटले एकअर्काविरुद्ध युद्धकै घोषणासमेत गरेका थिए। त्यो बेला इस्लामिक स्टेटले आफ्नो ‘खुरासन शाखा’ पनि गठन गरेको थियो। जसलाई अफगानिस्तान, पाकिस्तान, इरान तथा मध्य एशियाका केही ठाउँमा पनि चिनिएको थियो।

विश्वलाई इस्लामिक बनाउनका लागि युद्ध छेडेका इस्लामिक स्टेट एक आतंकवादी संगठनको सूचीमा छ। एजेन्सीहरूकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप