निषेधाज्ञा तोड्दै बुटवलमा प्रदर्शन


विचार
आयोमेल संवाददाता
सिंहदरवारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका

आयोमेल संवाददाता
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका

आयोमेल संवाददाता
मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने


प्रदेश सरकारले दाङको देउखुरी क्षेत्रमा प्रदेश ५को राजधानी बनाउने प्रस्ताव गरेपछि बुटवलमा आन्दोलन चर्किएको छ। अहिले प्रदेशको अस्याथी राजधानी बुटवल हो।

आइतबार बिहानैदेखि स्थानीय प्रशासन लगाएको निषेधाज्ञा तोड्दै यहाँका स्थानीयले प्रर्दशन सुरु भएका हुन्।  

नेपाली कांगे्रस र रुपन्देहीका सामाजिक संघ संस्थाको सन्जालले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि बुटवलका विभिन्न ठाउँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

बुटवलको चार मन्त्रालय रहेको क्षेत्र र प्रदेश सभा रहेको क्षेत्रको निषेधाज्ञा क्षेत्रलाई प्रर्दशनकारीले तोडेका हुन्। 

ति क्षेत्र राजमार्गको क्षेत्र पर्दछ। उक्त राजमार्ग क्षेत्र भएर उनीहरू प्रदर्शन गरिरहेका छन्। 

व्यावसायिक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै यहाँका अगुवाहरूले पाटीको ह्वीप छाडेर आन्दोलनमा सहभागी हुन नेकपाका सांसदलाई आग्रह गरेका छन्। 

उनीहरूले सांसदहरुलाई जनताको मत अनुसार निर्णय लिन अनुरोध गरे। 

पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले ‘जनमत कुल्चेर अर्को चुनाव हार्ने कि, जनमतको कदर गर्ने?’ भनी प्रश्न गरे। 

उनले जनताको साथ भए चुनाव जितिने तर्क गर्दै लुम्विनीका सांसदलाई ह्वीप नमान्न आग्रह पनि गर्दै भने ‘सडकमा आउनुस्, अर्काे पटक चुनाव जिताउने जिम्मा हाम्रो भयो।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले प्रक्रिया मिचेर संशोधनको प्रस्ताव अगाडी बढाएको हुँदा आफुहरु सडकमा आउनुपरेको  बताए। 

प्रदेश राजधानी स्थापनामा आफूहरूले गरेको योगदान बिर्सिएको आरोप लगाउँदै उनले मुख्यमन्त्रीलाई तत्काल सामाजिक संघ संस्थाको भवन खाली गर्न आग्रह गरे। 

रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले आजको आन्दोलन सुरुवातमात्रै भएको बताउँदै संसोधन फिर्ता नलिए अनिश्चितकालिन लुम्विनी बन्द गर्ने चेतावनी दिए। 

उनले नेकपाका प्रदेश सांसदलाई नेतृत्वसँग लम्पसार नपर्न आग्रह गरे।

राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलको राजमार्ग चौराहादेखि ट्राफ्रिकचोकसम्म र्यालि निकालेको थियो।

बिरोध कार्यक्रममा एक दर्जन सामाजिक संस्थाका अगुवाहरुले सम्बोधन गरेका थिए ।

यसैबीच बुटवलमा नेपाली कांग्रेसको बन्द आब्हानले सडकमा सार्वजनिक र निजी कुनै पनि गाडी चलेका छैनन्। 

प्रर्दशनकारीले रुपन्देहीको तिलोत्तमा, सैनामैना, भैरहवा लगायतका बिभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन्।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती एक सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ।

उक्त निर्देशनको उल्लंघन गर्दै बुटवलमा व्यावसायिक संघ संस्थाको संयुक्त संस्था सन्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै बुटवलमै राजधानी कायम गर्न कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

आन्दोलन चर्किने संकेतपछि स्थानीय प्रशासनले बुटवलसहित रुपन्देहीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। 

र, याे पनि

 

विष्णु पौडेलले किन छाडे बुटवल?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिंहदरवारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपरान्ह ६ बजे सिंहदरवारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट

मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने भएका छन्। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनेबारे स्पष्ट पारिनसकेको

महेश र सुरजले यसरी गरेका थिए जसपा सांसदहरुका लागि रिसोर्ट…

काठमाडौं–विहीबार राति करिब साढे १० बजे जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको फोन आउँछ। ‘बधाइ छ महेश दाइ। धन्यवाद।