कांग्रेस पदाधिकारी बैठक स्थगित, केन्द्रीय समिति अन्योलमा 


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। पाँचजना केन्द्रीय सदस्यमा कोरोना पोजिटिभ देखिएपछि आइतबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको पदाधिकारी बैठक स्थगित भएको हो। 

आगामी महाधिवेशनका साथै सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाबारे छलफल गर्न शनिबार र आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको पदाधिकारी बैठक बोलाइएको थियो। 

पाँचजना केन्द्रीय सदस्यसहित सुरक्षागार्डका साथै केही कर्मचारीहरुमा शनिबार कोरोना पोजिटिभ देखिएपछि आइतबारको बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। 

‘केन्द्रीय सदस्यहरुमा कोरोना पोजिटिभ देखिएपछि कतिपय नेता कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएको छ,’ केसीले भने,‘आजको सबै बैठक स्थगित भएको छ।’ 

केन्द्रीय सदस्यहरुमा कोरोना पोजिटिभ देखिएपछि सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकपनि प्रभावित हुने सम्भावना बढेको छ। 

केन्द्रीय कार्यसमितिको बैठकबाट आसन्न महाधिवेशन पूर्व सम्पन्न गर्नुपर्ने कामबारे कार्यतालिकामाथि छलफल गर्ने कांग्रेसको तयारी थियो। 

सचिव केसीले केन्द्रीय समितिको बैठक बस्ने/नबस्ने यसबारे तत्काल कुनै निर्णय नभएको बताए। 

‘भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे अहिले निर्णय भइसकेको छैन्,’ केसीले भने, ‘सभापति, उपसभापतिलगायतका नेताहरुसँग सम्पर्क गरिरहेका छौं, उहाँहरुले के भन्नु हुन्छ, त्यसपछि थप निर्णय हुन्छ।’ 

भौतिक रुपमा उपस्थित नभएर भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमितिको बैठक गर्न सकिने विकल्प रहेकोले भन्दै यस विषयमा पनि छलफल भइरहेको जानकारी दिए। 

केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुनपूर्व पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरुले पीसीआर जाँच गराउन कांग्रेसले भनेको थियो। 

सोही अनुसार पीसीआर परीक्षण गराउँदा कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंङ्गीलाल राय, शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीका साथै सुरक्षागार्ड र कर्मचारीसहित १७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो।

र, याे पनि

गगन, अर्जुननरसिंहसहित कांग्रेसका पाँच केन्द्रीय सदस्यमा कोरोना संक्रमण

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।