कांग्रेसको पदाधिकारी बैठक स्थगित, केन्द्रीय समिति बैठकबारे अन्यौल


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। पाँचजना केन्द्रीय सदस्यमा कोरोना पोजिटिभ देखिएपछि आइतबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको पदाधिकारी बैठक स्थगित भएको हो।

आसन्न महाधिवेशनका साथै सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाबारे छलफल गर्न शनिबार र आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेसको पदाधिकारी बैठक बोलाइएको थियो।

पाँचजना केन्द्रीय सदस्यसहित सुरक्षागार्डका साथै केही कर्मचारीहरूमा शनिबार कोरोना पोजिटिभ देखिएपछि आइतबारको बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। ‘केन्द्रीय सदस्यहरूमा कोरोना पोजिटिभ देखिएपछि कतिपय नेता कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएको छ,’ केसीले भने,‘आजको सबै बैठक स्थगित भएको छ।’

केन्द्रीय सदस्यहरूमा कोरोना पोजिटिभ देखिएपछि सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकपनि प्रभावित हुने सम्भावना बढेको छ। केन्द्रीय कार्यसमितिको बैठकबाट आसन्न महाधिवेशन पूर्व सम्पन्न गर्नुपर्ने कामबारे कार्यतालिकामाथि छलफल गर्ने कांग्रेसको तयारी थियो।

सचिव केसीले केन्द्रीय समितिको बैठक बस्ने/नबस्ने यसबारे तत्काल कुनै निर्णय नभएको बताए। ‘भोली बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे अहिले निर्णय भइसकेको छैन्,’ केसीले भने,‘सभापति, उपसभापतिलगायतका नेताहरूसँग सम्पर्क गरिरहेका छौं, उहाँहरूले के भन्नु हुन्छ, त्यसपछि थप निर्णय हुन्छ।’

भौतिक रुपमा उपस्थित नभएर भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमितिको बैठक गर्न सकिने विकल्प रहेकोले भन्दै यस विषयमा पनि छलफल भइरहेको जानकारी गराए।

केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुनपूर्व पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूले पीसीआर जाँच गराउन कांग्रेसले भनेको थियो। सोही अनुसार पीसीआर परीक्षण गराउँदा कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंङ्गीलाल राय, शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीका साथै सुरक्षागार्ड र कर्मचारीसहित १७ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख