गाडीसहति लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


रोल्पामा शनिबार एउटा स्कार्पियो गाडीसहित लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ परेको छ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका-२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित ५ जना र गाडी नियन्त्रमा लिएको हो। 

रोल्पाको सुलिचौरबाट दाङ जाँदै गरेको बा१५च ३७७६ नम्बरको स्कार्पियो गाडी शनिबार बेलुका ६ बजेतिर खुङ्ग्री चेकपोष्टमा चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध अफिमसहित गाडिमा सवार ३ महिला र चालकसहित २ पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए।

पक्राउ पर्नेहरूमा रुकुमपूर्व भूमे गाउँपालिका-४ का ३७ वर्षीया ज्योती घर्ती,  सोही ठाउँकै ३० वर्षीया निसा पुन, दाङ हारपुर गाउँपालिका-६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्बाकोट नगरपालिका-९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका-१ सेरम घरभई हाल दाङ घोराई उपमहा नरपालिका-४ राप्तीटोल बस्ने ३५ वर्षका याम बहादुर घर्तीमगर रहेका छन्। 

उनीहरूलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। केहि दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित दुई महिलालाई पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख