जलवायु परिवर्तनका अडान कार्यान्वयन गर्न निर्देशन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा राखेका अडान कार्यान्वयन गर्न निर्देशन दिएको छ।

जलवायु परिवर्तनका विषयमा भएको छलफलमा सभापति तारादेवी भट्टले विश्व तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेड कायम गर्न आवश्यक सहयोग पु¥याउन गर्नुुपर्ने पूर्वतयारीलगायत काम गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएकी छन्। पुरानो अडान कायम राख्दा नेपालले गरेको प्रगति राष्ट्रि«य अनुकूलन योजना र राष्ट्रिय प्रतिबद्धतालाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।

नेपालको आफ्नै जलवायु परिवर्तन हुनुमा कुनै भूमिका नभए पनि, जलवायु परिवर्तनका असरले बर्सेनि भोग्नुपरेको क्षति र नोक्सानीको क्षतिपूर्तिको लागि उठान गर्नुपर्ने विषय, बनाउनुपर्ने नीति वा प्रतिबद्धतापत्रसमेत तयार गरी लागू गर्न समितिले निर्देशन दिएको हो। जलवायु परिवर्तनका असर कम गर्न बढाउनु पर्ने लगानीको लागि पनि काम गर्नुपर्ने समितिको निर्णय छ। विश्व जलवायु कोषबाट प्राप्त हुने वित्तलाई सजिलो र झञ्झटमुक्त तरिकाले प्राप्त गर्ने काममा पनि सम्बन्धित मन्त्रालयले काम गनुपर्ने समितिले जनाएको छ।

जल तथा मौसमजन्य प्रकोपको क्षति न्यूनीकरणका लागि बहु–प्रकोप पूर्वसूचना प्रणाली लागू गर्न र प्रभावमा आधारित पूर्व–सूचना प्रणालीलाई देशव्यापीरुपमा लैजानसमेत निर्देशन दिइएको छ। जलवायु परिवर्तन र प्रकोप न्यूनीकरण तथा व्यवस्थापनलाई विकासको मूलधारमा ल्याउन नीति तथा कार्यक्रममा समावेश गर्न पनि समितिले निर्देशन दिएको छ।

जलवायु परिवर्तन र विपद् न्यूनीकरणमा कार्यरत संस्थाबीच समन्वय, सहकार्य बलियो बनाउँदै विपद् न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, जलवायु परिवर्तन नीति २०७७ र राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनमा जोड दिन र त्यसमा स्थानीय सरकारलाई समेत सहभागी गराउन समितिले सरकारको ध्यानाकर्षण गराएको छ।

ग्रीन हाइड्रोजन प्रविधिले विद्यमान नीति कार्यान्वयनमा सहयोग पु¥याउने भएकाले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराइएको सभापति भट्टले बताइन। ग्रीन हाइड्रोजनको थप प्राविधिक पक्ष बुझी नेपालको प्राकृतिक साधन स्रोत अनुकूलको प्रविधिलाई उत्पादन र व्यापार विकासका लागि स्थानीयरुपमा उपलब्ध नवीकरणीय ऊर्जा स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित

काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन