फिफा वरीयतामा नेपाल एक स्थान तल झ¥यो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

फिफाद्वारा आज सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १००औँ स्थानमा थियो। एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ। नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ। त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटाँै, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ।

टेबलटेनिस खेलाडी छनोट
अखिल नेपाल टेबलटेनिस सङ्घले कतारमा आयोजना हुने २५औँ एशियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने छनोट प्रतियोगिताबाट समान तीन–तीन पुरुष/महिला खेलाडी छनोट गरिएको सङ्घका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए।

पुरुषमा नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौँका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भए। वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेका छन्।

त्यस्तै महिलामा एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए। वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियङ्का राई छन्। छनोटमा समान नौ–नौ पुरुष/महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता दोहामा आगामी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु