काठमाडौंका लोकल बसमा फन्को मार्दा : धेरै भाडा, कोचाकोच यात्रु, स्यानिटाइजर न दूरी 


विचार
आयोमेल संवाददाता
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक

आयोमेल संवाददाता
ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता

आयोमेल संवाददाता
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा


कोरोना संक्रमणका कारण लामो समय बन्द भएका सार्वजनिक यातायात अब सडकमा निर्वाध गुड्न थालेका छन्र 

यातायात सञ्चालन गर्दा जोखिम बढ्ने सम्भावनालाई सरकारले नकारेको छैन। 

यातायातबाटै भाइरसको संक्रमण फैलिनेसक्ने भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका बुँदा–बुँदा तयार पारेको छ।

तर, यातायात व्यवसायीले कुनै पनि सुरक्षा मापदण्ड र सर्त पालना गरेका छैनन्। 

स्वास्थ्य मापदण्डप्रति न व्यवसायी सचेत बनेका छन् न कुनै सरकारी निकायले त्यसको अनुगमन गरेका छन्। 

उपत्यका भित्र सञ्चालन भइरहेका सार्वजनिक बसमा व्यवसायीले स्यानिटाइजरसमेत राखेका छैनन्।

पुतली सडकको एउटा बसको दृश्य, 

बसमा यात्रु बोलाउँदा सहचालक मास्क खोलिरहेका थिए। बस भित्र छिर्दा त्यहाँ स्यानिटाइजर थिएन। 

व्यवसायीलाई यात्रु कसरी तान्ने भन्नेमात्रै ध्याउन्न छ। ट्राफिक प्रहरी नजिकिएपछि सहचालक, ‘एउटा सिटमा एकजना मात्रै बस्नुस् है…’ भन्दै थिए। 

पुतलीसडकबाट टिचिङ अस्पताल पुग्दासम्म बसमा धेरैजना चढे। धेरैजना ओर्लिए। न कुनै दूरी, न स्यानिटाइजेसन।

शिक्षण अस्पताल नजिक बस रोकियो। त्यहा ट्राफिक प्रहरी डिउटीमा थिए।

त्यही बेला तीनचार जनाको समूह बस नजिक आयो। 

ट्राफिक प्रहरीलाई देखेर होला सहचालकले आफ्नो खल्तीबाट सानो स्यानिटाइजरको सिसि निकाल्दै उनीहरूलाई हात थाप्न भने। 

यो देख्दा त लाग्थ्यो, उनले सबै यात्रुको हात स्यानिटाइज गरिसकेका छन्। तर, त्यस्तो थिएन। 

‘अघि चढेकालाई त स्यानिटाइजर नै छैन त!’

सहचालकले जवाफ दिए, ‘गाडीमा भएको सक्कियो, चाहिएको भए मसँगै छ।’
…. 

सरकारको निर्णयअनुसार सार्वजनिक सवारीमा आधामात्रै यात्रु राख्नुपर्ने हो। 

– एक पङिक्तको सिटमा सामाजिक दूरी कायम हुनेगरी एक जनामात्रै राख्ने

– आधा बढाएर भाडा लिने

– सबै यात्रु अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने

– सवारी साधनमा चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने

–चालक तथा सहचालकले समेत अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने 

–सवारी साधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने 

यी यातायात विभागले तोकिएका न्यूनतम शर्त हुन्। 

तर, बसमा न स्यानिटाइजर हुन्छ न, सामाजिक दूरीको पालना। 

बरु सिटभरि यात्रु राखेर बसहरुले उल्टै आधा बढाएर भाडा लिइरहेका छन्। 

‘सरकारको निर्णय अनुसार व्यवसायीले ५० प्रतिशत भाडा बढाएपनि बसमा कुनै स्वास्थ्य मापदण्ड अपनाइएको छैन्, नेपाल यातायातमा भेटिएकी संगिता काफ्लेले भनिन् ‘भाडा असुल्ने काम बाहेक केही भएको छैन्। बसमा स्यानिटाइजरसम्म छैन।’

त्यही बेला बसका चालक भन्दै थिए ‘कमाइ नै छैन, स्यानिटाइजर कसरी किन्नु?’ 

संयुक्त यातायातको हबिगत पनि उस्तै छ। 

बसभरि ५० प्रतिशतभन्दा बढी नै यात्रु थिए। एकएक सिट छोड्नुपर्ने भएपनि अधिकांश दुवै सिट प्याक नै थिए।

बसको ढोकामा स्यानिटाइजर पनि थिएन।

यात्रु फटाफट चढ्दै,आर्लिदै गरे। 

राजधानीमा निजी सवारी साधन नहुनेका लागि यस्तै सार्वजनिक बसबाहेक अरु विकल्प छैन। 

यात्रु हरि सापकोटाले त्यसका लागि सरकार नै जिम्मेवार देख्छन्। उनका अनुसार कसैले पनि बसहरुलाई अनुगमन नगर्दा जोखिम बढेको हो। 

‘हामी यात्रु त पिल्सिने त हो नि। न ट्राफिकले हेर्छन् न अरु कसैले केही गर्छन्’ उनी भन्छन् ‘हामीलाई त गाडी चल्यो भने चढ्नैपर्ने बाध्यता छ, त्यो पनि आधा धेरै पैसा तिरेर।’ 

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले भने यातायात क्षेत्रमा स्वास्थ्य सुरक्षा अनिवार्य गरिएको दाबी गरे। 
उनले विभागका कर्मचारी र प्रहरीले समेत त्यसको निगरानी बढाएको दाबीसमेत गरे।

‘यो आफैं संयम हुने बेला हो, सबैले स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ, हामीले व्यवसायीलाई सुरक्षा अपनाएर मात्रै सवारी गुडाउन भनेका छौ’, उनले भने ‘अनुगमन भइरहेको छ, मापदण्ड पालना नगर्ने यातायातलाई कारबाही गर्ने गरेका छौँ।’  

कोरोना संक्रमणका कारण सडकमा ट्राफिक प्रहरीको उपस्थिति पनि न्यून छ। 

अत्यावश्यक ठाउँबाहेक अन्य क्षेत्रमा ट्राफिक प्रहरीको ध्यान छैन। 

ट्राफिक प्रहरी महाशाखाका एसपी रामेश्वरप्रसाद यादवले स्वास्थ्य मापदण्ड नअपनाई गुडेका सवारीसाधन नियन्त्रणमा लिने गरिएको बताए।

‘सुरक्षा सबैलाई चाहिन्छ, यस्तो विषम परिस्थितिमा सबैले सुरक्षित रहनुपर्छ’, उनी भन्छन्, ‘हामीले उपत्यकाभर ४५ युनिट ट्राफिक प्रहरी परिचालन गरी अनुगमन गरिरहेका छौं।’

ट्राफिकले स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारीसाधनलाई कारबाही स्वरुप एक दिन होल्डमा राख्ने र सम्झाई–बुझाई छाड्ने गरेको छ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार दैनिक १५–१६ सय दुई पाङ्ग्रे र छ–सातवटा चारपाङ्ग्रे सार्वजनिक सवारी कारबाहीमा पर्ने गरेका छन्।

अहिलेसम्म बढी भाडा असुल्न खोज्ने, स्यानिटाइजरको व्यवस्था नभएको र आधाभन्दा बढी यात्रु राख्ने सवारी बढी कारबाहीमा पर्ने गरेको एसपी यादवले जानकारी दिए।

‘यातायात व्यवस्था विभागको समन्वयमा प्रहरीले स्वास्थ्य मापदण्डको पालना भए नभएको निगरानी गरिरहेको छ, हामीले सम्झाई–बुझाई गरिरहेका छौं, यो आम सर्वसाधारणको स्वास्थ्यसँग जोडिएको विषय हो, सबै सचेत हुनु जरुरी छ’ उनी भन्छन्।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू

ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय