महन्थको पार्टीको नाम लोसपा, कार्यकारिणी समिति ३१ सदस्यीय


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका महन्थ ठाकुर पक्षको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल हुने भएको छ।

जनता समाजवादी पार्टीसँग मिल्दोजुल्दो नाम भएपछि ठाकुरले दलको नाम परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएका हुन्।

राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दल दर्ता गर्न निवेदन दर्ता गरेको थियो।

ठाकुरको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी लोसपा दर्ता गर्न आयोगमा निवेदन दिइएको नेता जितेन्द्र सोनलले जानकारी दिए। ७ जना महिलालाई थपेर कार्यकारिणी समिति २४ बाट ३१ सदस्यीय बनाइएको उनले बताए।

यसअघि ठाकुर पक्षले २४ सदस्यीय कार्यकारिणी सदस्यको नाम आयोगमा पेश गरेको थियो। आयोगले कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने भनेपछि ठाकुर पक्षले ७ जना महिलाको नाम थपेको हो।

‘कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ,’ सोनलले आयोमेलसँग भने,‘७ जना महिला थपेर कार्यकारिणी समितिलाई ३१ सदस्यीय बनाइएको छ।’

सोनलले पदाधिकारी चयन गर्न बाँकी रहे पनि एक जना वरिष्ठ नेता तोकिएको बताए। उनका अनुसार पार्टी अध्यक्षमा ठाकुर र वरिष्ठ नेताको जिम्मेवारी राजेन्द्र महतोलाई दिइएको छ। वरिष्ठ नेतामा शरतसिंह भण्डारीकाे नाम पनि थपिएकाे एक नेताले बताए।

प्रस्तावित जसपा (लोकतान्त्रिक) को नाम परिवर्तन गरेर लोसपा राखिए पनि चुनाव चिह्न भने साइकल नै रहने उनले बताए।

जसपाभित्र आधिकारिकता विवाद सुरू भएपछि ठाकुरनिकट अजय झाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि आयोगमा निवेदन दिइसकेका छन्।

झाको मन्जुरी लिएर लोसपा अध्यक्षमा ठाकुरलाई प्रस्तावित गरिएको एक नेताले बताए।

यी हुन थपिएका लोसपा कार्यकारिणी सदस्य
(१) निलम वर्मा
(२) पुष्पा ठाकुर
(३) सुरिता साह
(४) निलम यादव
(५) कमला गुरुङ
(६) रूक्मिणी मण्डल
(७) प्रेमा थारू

बुधबार आयाेगमा बुझाइएकाे २४ कार्यकारिणी सदस्यहरु-


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु