के हो सरिया कानुन, कस्तो छ सजायको व्यवस्था?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबानले देशमा सरिया कानुन लागू गर्ने बताएको छ। पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले मिडिया र महिला अधिकारजस्ता मुद्दाहरू इस्लामिक कानुनले गरेको व्याख्या अनुसार हुने बताइसकेका छन्। तर, तालिबानले अहिलेसम्म यसबारे विस्तृत जानकारी दिएको छैन।

पाकिस्तानमा महिला शिक्षाको वकालत गरेकी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइलाई तालिबानले १५ वर्षको उमेरमा गोली हानेको थियो। उनले तालिबानले व्याख्या गर्दै आएको सरिया कानुन अफगानिस्तानका महिला र किशोरीहरूको सुरक्षाका लागि खतरनाक हुनसक्ने चेतावनी दिँदै आएकी थिइन्।

तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो। त्यतिबेला महिलाहरूलाई काम गर्न र शिक्षा लिन अनुमति दिएको थिएन। आठ वर्षकै कलिलो उमेरमा बालिकाहरूले बुर्का लगाउनुपर्थ्यो। यतिमात्र होइन पुरुष साथमा नभएसम्म महिलालाई बाहिर जान दिइन्नथ्यो। तालिबानले बनाएका नियमको अवज्ञा गर्ने महिलाहरूलाई सार्वजनिक रूपमा कोर्रा हानिन्थ्यो।

सरिया के हो?

सरिया कानुन इस्लामको कानुनी प्रणाली हो। सरिया कानुन इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण किताब कुरान र इस्लामी विद्वानहरूको फैसलामा आधारित रहेर बनाइएको कानुन हो। सरियाको शाब्दिक अर्थ ’पानीको एक स्पष्ट र व्यवस्थित बाटो’ भन्ने हुन्छ।

सरिया कानुनले जीवनको जिउने बाटो बताउने उनीहरूको विश्वास छ। सबै मुसलमानहरूले सरियाको पालना गर्नुपर्ने अपेक्षा गरिन्छ। सरियामा प्रार्थना, उपवास तथा गरीबहरूलाई दान गर्नका लागि निर्देशन दिइएको हुन्छ।

यसको उद्देश्य खुदा (भगवान) को इच्छाअनुसार मुसलमानलाई आफ्नो जीवनको हरेक पक्षलाई कसरी जिउने भनेर सम्झाउन सहयोग गर्ने हो।

सरियामा कडा दण्ड के छ?

सरिया कानुनले अपराधलाई दुई सामान्य वर्गमा विभाजन गरेको छ। पहिलो, ’हद’, जुन गम्भीर अपराध हो। जसका लागि अपराध तय गरिएको छ। दोस्रो, ’तजीर’ अपराध हो। यसको सजाय न्याय दिनेको विवेकमा छोडिएको हुन्छ।

’हद’ वाला अपराधमा चोरीलाई राखिएको छ। जसमा चोरी गर्नेको हात काटेर सजाय दिन सकिने व्यवस्था गरिएको छ। यसैगरी परस्त्री वा परपुरुषसँग यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हानेर मृत्युदण्ड दिन सकिने व्यवस्था छ। ’हद’ अपराधका लागि दण्ड तोक्नुभन्दा अगाडि बलियो प्रमाणको आवश्यकता पर्छ।

धर्म त्याग्नेलाई के फाँसी हुन सक्छ?

धर्म त्याग्ने विषयमा मुसलमानहरूबीच नै ठूलो मतभेद रहेको छ। अधिकांश मुसलमान विद्वानहरू धर्मान्तरणको सजाय मृत्यु हुनुपर्नेमा एकमत छन्। तर, कतिपय मुस्लिमहरू धर्मान्तरणको सजाय अल्लाहलाई छोडिदिनुपर्ने बताउँछन्। कुरानमा भने ’धर्ममा कुनै बाध्यता नभएको’ उल्लेख छ।

बीबीसी


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले