दाङ राजधानी बनाउने प्रस्तावमा नेकपाका १४ सांसदको ‘नोट अफ डिसेन्ट’ 


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


प्रदेश ५को राजधानी ‘दाङ’ बनाउने प्रस्ताव सरकारको प्रस्तावमा सत्तारुढ नेकपाका १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। 

राजधानी दाङको भालुबाङमा राख्ने बिषयमा असहमती जनाउँदै उनीहरूले नोट अफ डिसेन्ट लेखेका हुन्। 

संसदीय दलको बैठकपछिको पत्रकार भेटघाटमा नेकपा संसदीय दलका प्रमुख सचेतकले सांसदहरूले आ–आफ्ना असहमती राखेको भनेपनि नोट अफ डिसेन्टको बिषयमा भने खुलाएका थिएनन्।

नेकपाको यो बैठकले सबै सांसदलाई सरकारको त्यो प्रस्तावको पक्ष लाग्न ह्वीप जारी सकेको छ। 

तर, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले आफुहरुले मुख्यमन्त्रीलाई नोट अफ डिसेन्ट लेखी बुझाएको जानकारी गराए। उनका अनुसार १४ जना सांसदले नोट अफ डिसेन्ट लेखेका छन्।

नोट अफ डिसेन्ट लेख्नेमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जना रहेका छन्।

उनीहरूले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा.कृष्ण न्यौपानेले जानकारी दिए। 

दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने कुरा उपयुक्त छैन भनेर लिखित नोट अफ डिसेन्ट लेखेर विरोध जनाएको डा. न्यौपानेले बताए।

सांसदहरुले प्रदेशसभामा आफ्ना विचार निर्वाध रुपमा राख्न पाउनुपर्ने र नेतृत्वले अंकुश लगाउन नहुने बताएको सांसद तुलसी चौधरीले बताए। 

बैठकको अन्तिमतिर हतार हतारमा तयार भएको नोट अफ डिसेन्टमा लुम्विनीका धेरै सांसदहरु छुटेको चौधरीको भनाइ छ।

तर बैठकमा नेकपा प्रदेश ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई निर्देशन दिदै पार्टीको निर्णय बाहिर नजान भनेका थिए।

नाेट अफ डिसेन्ट यस्ताे छ:

प्रदेश नं. ५ को राजधानी बुटवलबाट सार्ने निर्णयप्रति सहमति राख्दै फरक मत दर्ज गर्ने सम्बन्धमा ।

मिति : २०७७ साल आश्वीन १७ गते

ऐतिहासिक, साँस्कृतिक, पुरातात्वीक हरेक हिसाबले महत्वपूर्ण रहेको विश्व शान्तीका अग्रदुत महामानव गौतमबुद्धको क्रिडास्थलको रुपमा रहेको यस अस्थाई राजधानीको पूर्ववर्ती सरकारले गहन अध्ययनका साथ जनसंख्याको वाहुल्यता, शैक्षिक, यातायात, स्वास्थ्य, रोजगार प्रवद्धनको आधारमा ५ नं प्रदेशको अस्थाई राजधानीको रुपमा निर्णय समेत भइसकेको रुपन्देही जिल्ला तथा बुटवल नगरमा प्रयाप्त पूर्वाधार रहेको, प्रयाप्त जमीन उपलब्ध हुन सक्ने स्थान जहाँ सरकारले प्रयाप्त लगानी गरीसकेको छ। यो स्थानलाई अवमुल्यन गर्दै अनुपयुक्त स्थानमा राजधानी सार्ने निर्णय प्रकृया प्रति असहमति जाहेर गर्दै फरक मत दर्ज गर्दछौं।

१. मा. भोज प्रसाद श्रेष्ठ              

२. मा. कृष्ण प्रसाद न्यौपाने

३. मा. दधिराम न्यौपाने

४. मा. सुनिता ठडेर

५. मा. विमला पंन्थी

६. मा. थान कुमारी थापा

७. मा. तुल्सी प्रसाद चौधरी

८. मा. युवराज खनाल

९. मा. नारायण प्रसाद आचार्य

१०. मा. रमा घर्ती मगर

११. मा. डा. पूरन आचार्य

१२. मा. धर्म बहादुर लाल श्रीवास्तव

१३. मा. विष्णु प्रसाद पन्थी

१४. मा. फौजिया मियाँ


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।