कार्यवाहक अध्यक्षमा डा. प्रेमराज न्यौपाने नियुक्त


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाल राष्ट्रिय प्राध्यापक संगठनको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय समितिको कार्यवाहक अध्यक्षमा डा. प्रेमराज न्यौपाने नियुक्त भएका छन्। आफू नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको निर्देशक भएपछि उक्त जिम्मेवारी न्यौपानेलाई दिइएको डा. जर्मन चौधरीले बताए।

संगठनात्मक गतिविधिलाई निरन्तरता दिन डा. न्यौपाने सक्षम हुने विश्वाससमेत आफूले लिएको चौधरीले बताए।

कोरोना महामारीको असहज परिस्थितिमा जिम्मेवारी प्राप्त भएकाले पेशागत हकहितका लागि विश्वविद्यालयका प्राध्यापक, कर्मचारी , पदाधिकारी, विद्यार्थीहरु र मित्र संगठनहरूसँग समन्वय गर्दै प्राज्ञिक उन्नयन र सक्दो सांगठनिक दायित्व पूरा गर्ने कार्यवाहक अध्यक्ष न्यौपानेले बताए। साथै शैक्षिक उन्नयनमा समतामूलक सहभागितालाई सुनिश्चितता गराउनु नै आफ्नो प्राथमिकता रहेको उनले बताए।

विश्वविद्यालयका सबै इकाइहरूमा सम्मेलन गराउने र विश्वविद्यालय केन्द्रीय समितिकोसमेत सम्मेलन गर्ने काममा यस समितिले तत्काल कार्य सम्पादन बढाउने कुरामा आफू विश्वस्त रहेको अध्यक्ष चौधरीले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।