श्रृंखलाबद्ध रुपमा करोडौं ठगी गर्ने भारतीय नागरिक प्रहरी फन्दामा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–नक्कली कागजात बनाई विभिन्न व्यक्ति तथा व्यवसायीहरुसँग करोडौंैको ठगी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भारतको हिमान्चल प्रदेश रामपुर गसेरा सिम्लाका शेर सिंहलाई प्रहरीले पक्राउ गरेको हो। उनले रविकुमार सिंहका नाममा नक्कली नागरिकता बनाई ठगी गरेको प्रहरीले जनाएको छ। ललितपुर महानगरीय प्रहरी परिसरले सिंहलाई महालक्ष्मी नगरपालिका ५ सेतीपाखाबाट भदौ २ मा पक्राउ गरेको हो।

सिंहका ठगीका श्रृंखला

ठगी नम्बर १
सिंहले रुपन्देही बुटवल ८ बस्ने हरी मल्ल र महेन्द्रकुमार श्रेष्ठसँग ४३ लाख ७३ हजार ठगी गरेका थिए। सिंहले बुटवल(नारायणघाट सडकखण्डको दायाँबायाँको रुख कटानको सब कन्ट्रयाक्ट छ भनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडको कागजात देखाई अञ्जली कन्स्ट्रक्सनसँग आफ्नो साझेदारी भएको बताएका थिए। त्यसपछि आफ्नो कम्पनीमा लगानी गरेमा मुनाफाको ४० प्रतिशत पाउने लोभ देखाएर ४३ लाख ७३ हजार फुत्काउन सफल भए। मल्ल र श्रेष्ठलाई विश्वास दिलाउन खातामा पैसा नभएको कुमारी बैंकको चेक दिई ठगी गरेको जनाइएको छ।

ठगी नम्बर २
यस्तै, रुपन्देहीको लुम्बिनी साँस्कृतिक ६ बस्ने अनिल गुरुङ भन्ने कृष्णबहादुर गरुङलाई अन्जली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनी उनको बा १२ च ३८५९ नम्बरको कार नै लिएर भागे। मासिक ९० हार भाडा दिने भनी २०७६ बैशाखमा लगी सम्पर्कविहीन भए।
तर उक्त कार कार भक्तपुर १५ का प्रदिप रायलाई आफ्नै कार भनेर ब्लुबुकसहित धितो बन्धकी राखेर ८ लाख ३५ हजार फुत्काए।। उनले धितो राखेको ब्लुबुक पनि नक्कली थियो।

ठगी नम्बर ३
चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नम्बरको ४ सय सिसीको डोमिनार मोटरसाइकल नै उडाए। ३ लाख ३० हजार रुपैयाँमा खरिद गर्ने भनेर ३० हार दिए र बाँकी पैसा पछि दिन्छु भन्दै सम्पर्कविहीन भए।

ठगी नम्बर ४
धनुषाको जनकपुरधामस्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिप कुमार साहलाई रोयल हाइड्रो कन्स्ट्रक्सन लिमिटेडको म्यानेजिङ डाइरेक्टर बताएर ठगे। उक्त कम्पनीको भिजिटिङ कार्ड देखाई मारुकी सुजुकी कम्पनीको प्रदेश(३(०१र ०२३ च ००५० नम्बरको कार मासिक १ लाख ५० हजार भाडा दिन्छु भनी लगे र सम्पर्कविहीन भए।

आफनो कम्पनीको नाममा ठगी बढ्न थालेपछि लाजिम्पाटस्थित रोयल हाइड्रो कन्स्ट्रक्सन कम्पनीका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर शाही र प्रेमबहादुर शाहीले आफ्नो कम्पनीको नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई करिब १ करोड ठगी गरेको भनी प्रहरीमा निवेदन दिएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले देवीप्रसाद सिंहको छोरा जिल्ला कैलाली टिकापुर ९ र जन्मस्थान सुर्खेत साविक लाटीकोईली ७ ठेगाना उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय कैलालीबाट लिएको नेपाली नागरिकताको प्रमाणपत्र नक्कलीसमेत खुलेको पाइएको छ।
सिंहले सोही नागरिकता पेश गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी कार्यमा प्रयोग गरेको र सवारी चालक अनुमतिपत्रसमेत किर्ते गरी बनाएको खुलेको छ। सिंहविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा बैंकिङ कसूरमा मुद्दा दर्ता भई पक्राउ पुर्जीसमेत जारी भएकाले हाल थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

सिंहबाट अन्य कोही व्यक्तिबाट ठगिमा परेको भए अपराध महाशाखामा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु