गृहयुद्धको संघारमा अफगानिस्तानः अहमद मसूदले गरे तालिबानविरुद्ध युद्धको घोषणा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–अफगानिस्तानका तालिबानविरोधी प्रख्यात नेता अहमद साह मसूदका छोरा अहमद मसूदले तालिबानविरुद्ध युद्धको घोषणा गरेका छन्। गृहनगर पन्जशीरबाट उनले औपचारिक रुपमा युद्ध घोषणा गरेका हुन्। उत्तरी क्षेत्रमा पर्ने पन्जशीर अहिलेसम्म तालिबानमुक्त क्षेत्र मानिन्छ।

मसूदले बिहीबार वाशिङटन पोस्टमा लेख्दै तालिबानविरुद्ध लड्न आफूसँग यथेस्टमात्रामा प्रतिरोध फौज रहेको,तर हतियारका लागि अमेरिकाले सहयोग गर्नुपर्ने बताएका छन्। ‘अमेरिका अझै प्रजातन्त्रको ठूलो हतियार बन्न सक्छ,’ उनले भनेका छन्।

उनका पिता अहमद साह मसूदले सन् २००१ मा हत्यापूर्वसम्म पन्जशीरबाट तालिबानविरुद्ध कडा प्रतिरोध गरेका थिए। उनलाई ‘पन्जशीरको शेर’ पनि भनिन्थ्यो।

पन्जशीर उपत्यका सन् १९९० को दशकमा चलेको गृहयुद्धमा तालिबानको हातमा परेन भने सोभियत संघले कब्जा गर्दा पनि यो क्षेत्रलाई छुन सकेको थिएन।

उनले आफूले पिताको पदचाप पछ्याउँदै सेनाका विशेष दस्तालाई एकजुट बनाइरहेको बताएका छन्। सामाजिक सञ्जालहरुमा उनलाई उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि साथ दिइरहेका छन्। उनीहरुले तालिबानविरुद्ध गुरिल्लायुद्धको तयारी गरिरहेको बताइएको छ।

काबुलमा पनि बिहीबार तालिबानविरोधी जुलुस प्रदर्शन गरिएको छ। काबुलका सडकमा निस्किएका अफगानी महिला तथा पुरुषहरुले तालिबान मुर्दावादलगायतका नारा लगाएका थिए।

उता, तालिबानले भने सरकार गठनको तयारी गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा