एक दशकमै तिब्बतमा यसरी भयो उच्च आर्थिक वृद्धि


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


तिब्बत स्वायत्त क्षेत्रको सुशासनका लागि राष्ट्रपति सी चिनफिङले निर्धारित गरेको दृष्टिकोण यहाँको असाधारण परिवर्तनमा सहायक रह्यो र यस क्षेत्रको जातीय एकता, स्थिरता र उच्च गुणस्तरको विकासका लागि निरन्तर रहने धारणा राख्छन् पर्यवेक्षक तथा स्थानीय बासिन्दा।

यो वर्ष तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वर्षगाँठ हो। विगत ७ दशकमा यस क्षेत्रमा नाटकीय परिवर्तनको प्रक्रिया भयो। सबै नागरिकको गरिबी उन्मूलन भयो र उनीहरुले अहिले गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क शिक्षा र आवासको सुविधा पाएका छन्।

क्षेत्रको समर्थनमा मजबूत संकेत गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिका महासचिवसमेत रहेका राष्ट्रपति सीले गत महिना यस क्षेत्रको ऐतिहासिक भ्रमण गरे, जुन कुनै पनि शीर्ष चिनियाँ नेताले गरेको पहिलो भ्रमण थियो। सील यसअघि सन् २०११ मा पनि उपराष्ट्रपतिको हैसियतमा यस क्षेत्रको भ्रमण गरेका थिए, त्यतिखेर तिब्बतको शान्तिपूर्ण मुक्तिको ६० औं वर्षगाँठ थियो।

७० औं वर्षगाँठको समारोहमा भाग लिन सिपिसीको राजनीतिक ब्यूरोको स्थायी कमिटी सदस्य वाङ याङ पनि बुधबार टोलीसहित ल्हासा पुगे।
चाइना टिबेटोलोजी रिसर्च सेन्टरको टिबेटन इकोनोमी एण्ड सोसाइटीका अनुसन्धानकर्ता केल्साङ ड्रोल्मा राष्ट्रपति सीको जुलाईको भ्रमणलाई पार्टी र सीले यस क्षेत्रको विकासका लागि दिएको जोडको संकेत ठान्छिन्। सी सन् २०१२ मा सिपिसी केन्द्रीय समितिमा महासचिव चुनिएपछि पार्टीले तिब्बतको रणनीतिक स्थितिलाई अभूतपूर्व रुपमा बढाएको छ।

राष्ट्रपतिले सन् २०१५ र २०२० मा आयोजित तिब्बतसम्बन्धी उच्चस्तरीय कार्यक्रममा नयाँ युगमा क्षेत्रको विकास रणनीतिका लागि प्राथमिकता निर्धारण गरेका थिए। उनले तिब्बत विश्वविद्यालयका चिकित्सा प्रमुखहरुको पत्रको जवाफ दिँदै क्षेत्रको गरिबी उन्मुलन, वैज्ञानिक खोज, सीमा विकास र सिचुआन–तिब्बत रेल्वेको निर्माण सुरु गर्न महत्वपूर्ण निर्देशन दिएका थिए।

‘यो मार्गदर्शनअनुसार तिब्बतले धेरै समस्या समाधान गरेको छ, जुन लामो समयदेखि सकिरहेको थिएन,’ तिब्बती सामाजिक विकास प्रतिष्ठानका आर्थिक रणनीतिक संस्थानका उपनिर्देशक चेन पुले भने। उनका अनुसार सन् २०१२ यता यस क्षेत्रले मुलुककै आर्थिक वृद्धिमा नेतृत्व लिएको छ, तिब्बतको आर्थिक संरचनालाई थप अनुकूलित गरिएको छ र यातायात सञ्जालमा सुधार ल्याइएको छ।

हालैका वर्षमा तिब्बतको अर्थतन्त्र उच्च गतिको विकासबाट उच्च गुणस्तरमा परिवर्तन भएको छ। जसअनुसार सन् २०१२ मा कूल गार्हस्थ उत्पादन (जिडिपी) ७०.१ बिलियन युआन रहेकोमा २०२० मा यो १९० बिलियन युआन पुगेको छ। प्रतिव्यक्ति आय सन् २०१२ मा ५६४५ युआन रहेकोमा २०२० मा १४,५९८ पुगेको छ।

सन् २०१९ को अन्त्यसम्ममा तिब्बतका ७४ काउन्टिलाई गरिबीमुक्त गरिएको छ भने ६ लाख २० हजार नागरिकलाई गरिबीबाट बाहिर निकालिएको छ। मुक्तिअघि तिब्बत क्षेत्रमा औसत आयु ३५.५ वर्ष रहेकोमा सन् २०२० मा त्यो बढेर ७१.१ पुगेको छ। यस क्षेत्रका बासिन्दालाई अहिले १५ वर्षसम्म निःशुल्क शिक्षाको कार्यक्रम सञ्चालन गरिएको छ।

ल्हुन्ड्रुब काउन्टीकी ३५ वर्षीया सोनाम पाल्जोम पछिल्लो एक दशकमा आफ्नो परिवारको जीवनले पुनः आकार लिएको बताउँछिन्। उनका परिवार गरिबीको दलदलमा थियो। बाबु बितेपछि परिवारमा हातमुखको जोहो गर्ने आमामात्र थिइन्। त् त्यसैले खान लाउन मुस्किल थियो।
हिमालको फेदीमा बस्ने उनीहरुले खानेपानीका लागि १ घण्टाको यात्रा गर्नुपर्थ्याे। बिजुलीको अभावमा मैनबत्तीको उज्यालोमा भर पर्नुपर्थ्याे।

जब क्षेत्रमा गरिबी उन्मुलनका प्रयास भए, सोनामको परिवार अलि सुविधाजनक ठाउँमा नयाँ भवन बनाएर सर्‍यो, जहाँ हरेक परिवारका लागि बेडरुम थियो।

पाेताला दरबार क्षेत्र-१९५० काे दशक (माथि) र २०२१ अगष्ट (तल)

‘हाम्रो जीवन राम्रो हुँदै गइरहेको छ। मेरा सबै भाइबहिनी राम्रोसँग अघि बढिरहेका छन्। हामी जनताको भलाइका लागि पार्टी र सरकारले लगानी गरेकोमा ऋणी छौं,’ उनले भनिन्।

अनुसन्धानकर्ता केल्साङ ड्रोल्मा भन्छिन्–गत ७ दशकमा जनकेन्द्रित विकास दर्शन नै सधैं पार्टीको सुशासन रणनीति रह्यो। उनका अनुसार नागरिकको भलाईका लागि सरकारले भौतिक संरचना विकासलाई जारी राख्नेछ। र, शिक्षाका माध्यमबाट मानव संशाधनको विकास अर्को प्राथमिकता हुनसक्नेछ।

विश्लेषकका अनुसार पर्यावरण संरक्षणका लागि सीको दृष्टिकोण अब तिब्बतमा नागरिकबीच दृढताका साथ प्रतिध्वनित भइरहेको छ। यस क्षेत्रको पिपुल्स कांग्रेसले गत वर्ष पर्यावरणीय सभ्यताका लागि एक प्रमुख क्षेत्रको रुपमा विकास गर्न विनियम पास गरेको थियो।

राष्ट्रपति सीले धेरै अवसरहरुमा सिंघाई–तिब्बत प्लेटोको वातावरणीय संरक्षणका लागि जोड दिँदै आएका छन्। उनले भनेका छन्–वातावरणीय संरक्षण पहिलो प्राथमिकता हुनुपर्छ र यो चिनियाँ मुलुकको विकास र अस्तित्वका लागि मुख्य योगदान हुनेछ।

तिब्बत विश्वमै उत्कृष्ट वातावरणीय क्षेत्रमा पर्छ, जहाँ वनले १२.३ प्रतिशत ओगटेको छ। यस्तै, संरक्षण क्षेत्रले ३८.७५ प्रतिशत ओगेटेको छ।

चाइनिज एकेडेमी अफ साइन्सको इन्स्टीच्युट अफ टिबेटन प्लेटो रिसर्चका एशोसियट प्रोफेसर डीबी कट्टेल भन्छन्–प्लेटोमा वातावरण संरक्षणको सबैभन्दा महत्वपूर्ण उपाय नै प्रकृति आरक्षको स्थापना, घाँसे मैदानको विस्तार र वन तथा सिमसार क्षेत्रको संरक्षण नै हो।

अर्को उल्लेखनीय उपलब्धि भनेको सिमसारको क्षयीकरणको प्रभावकारी नियन्त्रण नै हो।

‘यो सबै स्थानीय समुदायबाट भएका सुशासन, योजना र सहभागिताका परिणाम हुन्, विशेषगरी यसक्षेत्रको वातावरणमैत्री विकासका अभ्यासहरु पनि,’ उनी भन्छन्।
चाइनाडेलीबाट


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६