विश्वसामु नेपालको प्रस्ताव : आणविक हतियारमा होइन, मानव जीवनको रक्षार्थ लगानी गरौँ 


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। 

संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो। 

पूर्वअभिलखित ‘भिडियो’ सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको महामारीले निम्त्याएको विनाश र आणविक दुर्घटनाजस्तै भए पनि पारमाणविक दुर्घटनाले एक झपटमै हजारौँ जीवन ध्वस्त पार्ने बताए। 

आणविक हातहतियारको पूर्ण उन्मूलन तथा आमविनाशकारी सबै हतियारको पूर्ण निःशस्त्रीकरणका पक्षमा नेपाल रहेको दोहोर्‌याउँदै मन्त्री ज्ञवालीले ऊर्जा उत्पादन, स्वास्थ्य सेवा प्रवद्र्धन, कृषि उत्पादकत्व वृद्धि र मानव जीवनरक्षालगायत शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए। 

बैठकलाई १५ देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख, ६४ मन्त्रीसहित ११० वक्ताले सम्बोधन गरेको न्यूयोर्कस्थित राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप