समाजवाद ल्याउन नसके सबैजना केपी ओलीजस्तैः बाबुराम भट्टराई


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताएका छन्।
समाजवादी केन्द्र नेपालले आयोजना गरेको एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, ‘हामीले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्छ। ओलीको आलोचना गर्दै गर्दा हामीले नयाँ समाजवादको मोडल तयार गर्नुपर्छ।’

अब एकजुट भएर जनताको हितलाई केन्द्रमा राखी २१ औँ शताब्दीको मार्क्सवाद र समाजवादअनुसार कम्युनिष्ट पार्टीहरू अघि बढ्नुपर्ने उनले बताए।
भट्टराईले भने, ‘माधवजीले पनि एमाले समाजवादी दर्ता गर्नुभएको छ। हामीलाई पनि चुनाव चिह्न छोड्न गाह्रो भएको छ। तर, जनताको हितलाई केन्द्रमा राखेर २१ औँ शताब्दीको मार्क्सवाद र समाजवाद अनुसार अघि बढ्नैपर्छ। जनताले त्यहीँ भोट हाल्छन् भनेर चुनाव चिह्न कुरेर बसेर देश विकास हुँदैन।’

सानो शक्तिले १० वर्ष विद्रोह गरेर अहिलेको उपलब्धि प्राप्त गर्न सफल भएको बताए। ‘कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्न छाड्यो, महाधिवेशन छैन, टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘समाजवादको मोडेल कस्तो आउनुपर्छ भन्ने कुरा पनि पर्छ। वैचारिक रूपमा समाजवादको धारणा तय गर्न नसक्नु नै आजको समस्या हो।’ अहिले पुँजीवाद र कर्मचारीतन्त्र मौलाएको उनले जिकिर गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’