रौतहट हत्याकाण्डका फरार अभियुक्त पक्राउ


विचार
आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो


नेपाली कांग्रेसका पूर्वसांसद आफताव आलम आरोपी रहेका रौतहट हत्याकाण्डका एकजना फरार अभियुक्त पक्राउ परेका छन्। हत्याकाण्डका फरार अभियुक्त बारा सिम्रौनगढ–४ बस्ने ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

सहनीलाई नेपाल–भारतको सीमानामा पर्ने रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

प्रथम संविधानसभा निर्वाचनलाई लक्षित गरी २०६४ चैत २७ गते रौतहटको राजपुर नगरपालिका–४ स्थित शेख ईद्रिसको गोठघरमा बम बनाउँदै गर्दा विष्फोटमा परी २÷३ जनाको मृत्यु भएको थियो भने १५÷१६ जना घाइते भएका थिए। मृतक र घाइतेलाई नजिककै ईंटा भट्टामा जलाइएको आरोप लागेपछि पूर्वसांसद आलम यसअघि नै पक्राउ परिसकेका छन्।

पछिल्लो पटक पक्राउ परेका सहनी ईंटा भट्टाको हेड मिस्त्री रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन्। 

सहनीले आफताब र मो.महताब आलमको निर्देशनमा बम विस्फोटका घाइते तथा मृतकहरूलाई ईंटा भट्टाको मुग्रोमा हालेका स्वीकार गरेको सिंहले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा