विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, महेश बस्नेतलगायत नयाँ मन्त्रीको सूचीमा


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


सत्तारुढ नेकपा सचिवालय बैठक शनिबार बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ।

मन्त्रीमण्डल पुनर्गठनका साथै पार्टी एकताको बाँकी कामबारे बैठकमा छलफल हुने जनाइएको छ। स्थायी समितिको भदौ ६ गते बसेको बैठकले पार्टी एकताको बाँकी काम सक्ने कार्ययोजना ल्याउन नेतृत्वलाई दिएको १० दिनको समय शुक्रबार सकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतका अनुसार अहिले रहेका केही मन्त्रालय विभाजन गरेर १२ जना नयाँ मन्त्री थप्ने सम्भावना उच्च छ। 

अहिले रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायातलगायत केही मन्त्रालयलाई टुक्रा गरेर मन्त्रिपरिषदमा नयाँ अनुहार आउने सम्भावना रहेको स्रोतको दाबी छ।

रामेश्वरराय यादव, जगत विश्वकर्मा, पद्मा अर्याल, शक्ति बस्नेत, गिरिराजमणि पोखरेललाई जिम्मेवारीबाट हटाएर नेकपा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महेश बस्नेतलगायत नेतालाई मन्त्रिपरिषदमा ल्याउने तयारी भइरहेको ओलीनिकट स्रोतको दाबी छ।

‘केही मन्त्रीको ‘पर्फरमेन्स’ सन्तोषजनक देखिएको छैन,’ स्रोतले शुक्रबार आयोमेलसँग भन्यो, ‘शनिबार बस्ने सचिवालय बैठकबाट मन्त्री हेरफेरका साथै पार्टी एकताको बाँकी कामबारे टुंगो लगाउने सम्भावना उच्च छ।’ 

यसअघि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विवाद चुलिँदा नयाँ व्यक्तिलाई मन्त्रिपरिषद ल्याउने तयारी थालिएको थियो। 

मन्त्रिपरिषदमा नयाँ अनुहार ल्याउन भदौ महिनादेखि नेकपाभित्र चर्चा सुरु भएको थियो। प्रधानमन्त्री ओलीले यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रिपरिषदबाट हटाइसकेका छन्।

सचिवालय बैठक बसरे भूमिगत संघर्ष गरिरहेका विप्लव समूहलाई वार्तामा आउन अह्वानसमेत गरिने स्रोतले जानकारी दियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न