सापारु औपचारिकतामा सीमित गरी मनाउने निर्णय


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर– भक्तपुर नगरपालिकाले यो वर्षको सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरी मनाउने निर्णय गरेको छ। बुधबार सरोकारवालासँंग बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोग काठमाडौं उपत्यकालगायत देशैभरी दिनानुदिन बढिरहेको र भक्तपुरमा समेत सो रोगको संक्रमणको कारण मृत्यु हुने मृतकको संख्या दिनदिनै बढिरहेको हुनाले जनैपूर्णिमा (गुन्हिपुन्हि) र गाईजात्रा औपचारिकतामा सिमित गर्ने निर्णय गरेको हो।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले कोभिड जोखिमका कारण नजिकिँदै गरेको सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण र सुरक्षित ढंगले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, वडा वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरूसँग चरणबद्ध रुपमा छलफल गर्दै आएको जानकारी दिए। यो वर्षको जनैपूर्णिमा भदौ ६ गते आइतबार र गाईजात्रा ७ गते सोमबार परेको छ।

जनतालाई कोभिडबारे सचेतना जगाउन नियमित रुपमा माइकिङ, गाईजात्रा प्रदक्षिणा मार्गमा निर्माण सामाग्री हटाउन र सापारुको दिन भीड नहुने गरी पर्व मनाउन जनतालाई आग्रह गरिरहेको नगरप्रमुख प्रजापतिले बताए। वर्तमान विषम परिस्थितिमा समेत मृत्यु संस्कारको रुपमा ऐतिहासिक कालदेखि मनाउंदै आएको गाईजात्रा पर्व यस वर्ष २०७८ को सापारु र गाईजात्रा अवधिभर घिन्ताङ्घिसि र अन्य साँस्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा सीमित गरेर मनाउन दाफा भजन, साँस्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकमा भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जनताको जीवनरक्षा नै पहिलो प्राथमिकतामा रहेको हुँदा कोभिड महामारीका कारण नजिकिँदै गरेको गाईजात्रा पर्व भीडभाड नहुने गरी औपचारिकतामा सीमित गरी मनाउनुपर्नेमा जोड दिए। नगरका विभिन्न ठाउँहरूमा हेल्थ डेस्क सञ्चालन, अडियो भिडियो मार्फत सचेतना अभिवृद्धि गर्ने, सम्भावित अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा टोली परिचालन आदि विषयलाई प्राथमिकतामा राखेको उनले बताए।

त्यस्तै गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले हाम्रो संस्कृति बचाउन जात्रालाई औपचारिकतामा सीमित गरी मनाउनु आजको आवश्यकता भएको बताए।
बैठकमा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, काठमाडांै उपत्यका खानेपानी लि.,नेपाल विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्कका प्रतिनिधि तथा अन्य निकायहरुले जात्रा अवधिभर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, खानेपानीको व्यवस्थापन गर्न, विद्युत कटौती नगर्न, अव्यवस्थित तार र केबुलहरूको व्यवस्थापन गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।

सरोकारवालाहरूसँग बसेको सो बैठकले सापारुको दिन भक्तपुर नगरपालिकाले प्रदक्षिणा मार्गको ठाउँठाउँमा प्राथमिक स्वास्थ्य उपचार केन्द्रको व्यवस्था, निर्माण सामाग्रीलगायत अन्य सामाग्रीहरू व्यवस्थापन, माक्स, श्यानिटाइजर वितरण, साबुनपानीले हात धुने व्यवस्था, सरसफाईलगायत प्रचार प्रसारको लागि माइकिङ गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ।

जनैपूर्णिमा (गुन्हिपुन्हि) र गाईजात्रा अवधिभर आवश्यक शान्ति सुरक्षाको सम्पूर्ण व्यवस्था जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर, अव्यवस्थित तार र केबुलहरू नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत सम्बन्धित सेवा प्रदायकले २०७८ भाद्र ५ गतेभित्र व्यवस्थित गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’